२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको एसियाटिक होटलमा ६५ शैय्याको आइसोलेसन संचालनमा, नेपालमै पहिलो भएको दाबी

विराटनगरको एसियाटिक होटलमा ६५ शैय्याको आइसोलेसन संचालनमा, नेपालमै पहिलो भएको दाबी


विराटनगर – प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि एसियाटिक होटलमा ६५ शैय्याको आइसोलेसन संचालनमा आएको छ । प्रदेश १ सरकारले मोरङ, झापा र सुनसरीको १-१ वटा होटललाई आइसोलेसन बनाउने नीतिगत निर्णय गरेपछि विराटनगरको एसियाटिक होटललाई संक्रमित राखिने आइसोलेसन बनाएर संचालन गरिएको हो ।

आइसोलेसमा बस्ने संक्रमितले रकम तिरेर सुविधा सम्पन्न होटलमा बनाएको आइसोलेसनमा बस्न पाउनेछन् । प्रदेश सरकारले नीतिगत निर्णाय गरेपछि आइतबार विराटनगर महानगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएपछि संचालनमा आएको होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईले जानकारी दिए । होटलको आइसोलेसन सुरु भइसकेकोले संक्रमितहरू बस्न थालेका छन् । अहिले ९ जना संक्रमित होटलको आइसोलेनमा बसेको संचालक भट्टराईले जानकारी गराए । अहिले सबेका बैंक र विद्युत प्राधिकरणका कर्मचारीहरू रहेका छन् ।

होटलको आइसुलेशनमा बस्ने संक्रमितले प्रति दिनको १ हजार १ सय रुपैयाँ तिरेर कोठामा बस्ने छन् । लन्च, ब्रेकफास्ट र अन्य खानेपिउने कुरा होटलको मेनुअनुसार हुनेछ । होटलमा आइसोलेसनमा बस्ने संक्रमितहरूलाई विराटनगर महानगरको स्वास्थ्य टोलीले परामर्श दिने विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले बताए । आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यमा कुनै गम्भीर समस्या आएमा उसलाई महानगरकै एम्बुलेन्सबाट तुरुन्त अस्पतालमा लगिने छ ।

कुनै संक्रमितले कोठामा आफू एक्लै सुविधासम्पन्न हिसाबले बस्न चाहेमा त्यो त्यसको पनि व्यवस्था रहेको होटलक संचालक भट्टराईले जानकारी दिए ।
होटल एसियाटिकमा सञ्चालन गरिएको आइसोलेसन नेपालकै पहिलो होटल आइसोलेसन भएको दाबी गरिएको छ । होटल एसियाटिकमै नेपाल आयल निगम र नेपाल विद्युत् प्राधिकरणले पनि आइसोलेसनका लागि कोठा बुक गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ