२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सहयोग जुटाएर किनिएको पिसिआर मेसिन हस्तान्तरण

सहयोग जुटाएर किनिएको पिसिआर मेसिन हस्तान्तरण


विराटनगर—सहयोग संकलन गरेर खरिद गरेको पिसिआर मेसिन कोशी अस्पतालको ल्याबलाई हस्तान्तरण गरिएको छ । संक्रमण बढेपछि विराटनगर महानगरपालिकामा पिसिआर परीक्षणको दर बढाउन चन्दा संकलनमार्फत खरिद गरिएको पिसिआर मेसिन सोमबार अस्पतालको ल्याबलाई हस्तान्तरण गरिएको हो ।

उक्त पिसिआर मेसिनको भ्याटबाहेक २८ लाख रुपैयाँमा परेको छ । नागरिक समाज, उद्योगी, व्यवसायी र जनप्रतिनधीले सहयोग संकलन गरेर खरिद गरेको पिसिआर मेसिन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितमा महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

प्रदेश सरकार मातहत सञ्चालनमा रहेका प्रयोगशालामा महानगरको न्युन मात्र स्वाब परीक्षण भएको र ७ दिनसम्म परीक्षणको रिपोर्ट नआउने समस्या रहेको बेला महानगर प्रमुख भीम पराजुलीको अगुवाईमा पिसिआर मेसिन खरिद भएको हो ।

खरिद गरेको मेसिन जर्मन कम्पनीको रहेको बताइएको छ । मेसिनले २४ घण्टामा १ सय ५० जनाको परीक्षण गर्नेछ । कोशी अस्पताल विराटनगरको प्रयोगशाललामा उक्त मेसिन स्थापना गरिनेछ । पिसिआर मेसिन हस्तान्तरण भएपछि २/३ दिनभित्रमा सञ्चालनमा आउने र त्यसपछि महानगरको परीक्षण दर बढ्ने महानगरपालिकाले जनाएको छ ।

उपकरण खरिदको लागि कोशी अस्पतालको प्याथोलोजिष्ट डाक्टरको संयोजत्वमा समिति गठन भएको थियो । ‘विज्ञ समितिले दिएको सिफारिसको आधारमा यो पिसिआर मेसिन खरिद गरिएको हो,’ मेयर पराजुलीले भने, ‘निजी क्षेत्र, नागरिक समाज सबैको साथ सहयोगले चाडैं मेसिन ल्याउन सफल भएका छौं ।’ उनका अनुसार निकट भविष्यमै अर्को उपकरण पनि खरिद गर्ने योजना रहेको बताए । त्यसको लागि पनि निजी क्षेत्र उद्योगी, व्यवसायीहरु लागि परेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए ।

मेसिन खरिदको लागि महानगर प्रमुख पराजुलीले आफ्नो एक वर्षको सुविधा वापतको रकम ५ लाख रुपैयाँ प्रदान गरेका छन् । त्यसबाहेक उद्योगी व्ययवसायी दाताहरुले रकम जम्मा गरेर मेसिन खरिद गरिएको छ ।

सहयोग समितिले पिसिआर मेसिन स्थापना गरिसकेपछि थप सहयोग जुटाएर आरएन एक्ट्राक्सन मेसिन पनि खरिद गर्ने योजना बनाएको छ । यो मेसिनले अटोमेटिक रुपमा काम गर्ने र स्याम्पलिङ छिटो गर्ने हुँदा परीक्षण बढ्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ