२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा ४२ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगरमा ४२ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए


विराटनगर—विराटनगरमा ४२ जनासहित प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार विराटनगरमा देखिएको संक्रमितमध्ये २१ महिला र २१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बाहिरका २ जना रहेका छन् ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट आइतबारसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेशका छन् ।

प्रदेश १ मा आइतबार ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ