२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १महानगरले जिम्मा लिएपछि बेवारिसे बिरामीको उपचार सुरु

महानगरले जिम्मा लिएपछि बेवारिसे बिरामीको उपचार सुरु


विराटनगर-विराटनगरस्थित कोशी अस्पतालमा एक साताअघि आएका एक बेवारिसे युवाको उपचार सुरु भएको छ । देब्रे खुट्टामा घाउ बोकेर ओखलढुंगा घर बताउने ३५ वर्षीय शंकर मगर एक साता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडि बेवारिसे अवस्थामा थिए ।

उपचारको लागि याचना गरेको एक साता बित्न लाग्दा पनि उनको उपचार नभएको विभिन्न संचार माध्यममा आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले चासो देखाएर उनको उपचार मंगलबार साँझदेखि सुरु भएको हो ।

जानकारी पाएलगतै उपचार गर्न अस्पताललाई लिखित पत्र पठाएको मोरङ प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनको उपचार खर्च विराटनगर महानगरपालिकाले ब्यवहोर्ने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी बेवारिसे अवस्थाका व्यक्तिलाई भर्ना गराउन अस्पताल पुगेका थिए । उनलाई अर्थाेपेडिक वार्डमा भर्ना गरिएको छ । मगरको उपचारको जिम्मेवारी महानगरपालिकाले लिएको उनले बताए ।

मगर एकसाता अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडी वेवारिसे अवस्थामा थिए । भारतको हरियाणबाट फर्कने क्रममा आफूलाई चोट लागेको बताउने बेवारिसे व्यक्तिले भारतमा रहँदा कुल्लीको काम गरेको बताएका थिए ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोशन पोखरेलले बिरामीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताए । कोशी अस्पतालका अर्थाेपेडिक सर्जन डाक्टर यज्ञराज खरेलका अनुसार विरामीको खुट्टा काटेर फाल्नुपर्ने अवस्था रहेको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ