२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा ९२ सहित प्रदेश १ मा १ सय ७१ जना संक्रमित थपिए

मोरङमा ९२ सहित प्रदेश १ मा १ सय ७१ जना संक्रमित थपिए


विराटनगर-मोरङमा ९२ सहित प्रदेश १ मा १ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार थपिएका संक्रमितको संख्या अहिलेसम्मकै दैनिक संक्रमित संख्यामध्येकै उच्च हो । सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ६५ जनामा संक्रमण देखिएको छ । विराटनगरमा संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहवीमा ३ महिला १९ पुरुष, इटहरीमा ४ महिला ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ ।

प्रदेश १ मा आज ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ३९ पुगेको छ । प्रदेश १ मा बिहीबार मात्रै १ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ५० महिला र १ सय २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ