२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु


विराटनगर – सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानमा दुई जना कारोना संक्रमितको मृत्यु भएको छ । बीपीमा गए  राती उपचारको क्रममा झापा मेचीनगरपालिका ८ का ७२ वर्षीया वृद्धा र सुनसरीको इनरुवा नगरपालिका ४ का ४९ वर्षीय पुरूषको सोमबार बिहान मृत्यु भएको हो ।

मेचीनगरकी वृद्धाको श्वासप्रश्वासमा समस्या र निमोनिया भएपछि झापाको कन्काइ अस्पतालले बीपीमा रिफर गरेको थियो । उनमा आइतबार नै कोरोना संक्रमण  देखिएको प्रतिष्ठानले जनाएको छ ।

इनरुवाको संक्रमितको बीपीमा भदौ ३० गतेदेखि भर्ना भइ उपचार भइरहेको थियो । १ भदौमा संक्रमण देखिएको उनलाई उच्च रक्तचाप, मधुमेह, र मृगौलाको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५२ पुगेको छ । जसमध्ये १२ जना प्रदेश १ बाहिरको रहेका छन् भने प्रदेश १ का ४० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ