२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवस्था विभाग विराटनगर शाखामा ‘हेल्प डेक्स’ संचालन

औषधी व्यवस्था विभाग विराटनगर शाखामा ‘हेल्प डेक्स’ संचालन


विराटनगर – नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा पु¥याउने उद्देश्यले ‘हेल्प डेक्स’ संचालनमा आएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त रूपमा बुधबार एक कार्यक्रम आयोजना गरी ‘हेल्प डेक्स’ संचालनमा ल्याएका हुन् ।

‘हेल्प डेक्स’को शुभराम्भ नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिब शर्मा कट्टेलले गरे । कार्यक्रममा बोल्दै उनले सेवाग्राहीलाई सहज रुपमा छिटो क्षरितो तरिकाले सेवा प्रवाह गर्दै आएको बताए । ‘हेल्प डेक्स’ संचालनमा आएपछि सेवाग्राहीलाई थप सहज हुने उनको भनाइ छ ।

यसअघि विभागमा नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाले ‘हेल्प डेक्स’ राखेको थियो । लकडाउन सुरू भएयता बन्द भएपछि झापा, मोरङ र सुनसरीका औषधी व्यवसायीहरूले एक जना प्राविधिक राखेर संचालनमा ल्याएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

‘हेल्प डेक्स’ संचालनमा आएपछि व्यवसायीहरूको अनलाइन फर्मदेखि पसलको नविकरण र नयाँ पसल दर्ताको प्रक्रियामा सहजता प्रदान हुने उनले बताए । औषधी व्यवस्था विभाग विराटनगर शाखाले दैनिक १ सय जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, झापा अध्यक्ष गौतम गुप्ता, सुनसरीको अध्यक्ष रबिन्द्र घिमिरे, कोशी अञ्चलका पूर्व अध्यक्ष तथा मोरङका सल्लकार लक्ष्मण माझी र तीन जिल्लाका पदाधिकारी र व्यवसायहीहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ