२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा डाक्टरसहित संक्रमितको संख्या ४४ पुग्यो

कोशी अस्पतालमा डाक्टरसहित संक्रमितको संख्या ४४ पुग्यो


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । चार जना डाक्टरसहित आइतबारसम्ममा  ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डटेन्ड डा. चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार ४ जना डाक्टर, १४ जना नर्स र अन्य अस्पतालका कर्मचारी रहेको बताउनुभयो । शनिबार र आइतबार गरेर  दुई जना डाक्टरमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो ।

केही डाक्टरमा संक्रमण देखिएपछि अस्पतालको आइसीयू र अर्थपेटिक विभागमा ६ दिन बन्द भएपछि आइतबारदेखि संचालनमा आएको मेसु दासले जानकारी दिए ।

आइसीयू र अर्थपेटिक विभागमा कार्यरत चिकित्सकमा संक्रमण पुष्टि भएपछि असोज ५ गतेदेखि बन्द भएको दुवै वाड संचालनमा आएको उहाँले बताउनुभयो । दुवै वार्ड पूर्ण रुपमा सेनिटाइज गरेपछि संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ