२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा १२३ सहित प्रदेश १ मा थपिए १९७ संक्रमित, १६६ डिस्चार्ज

विराटनगरमा १२३ सहित प्रदेश १ मा थपिए १९७ संक्रमित, १६६ डिस्चार्ज


विराटनगर – विराटनगरमा १ सय २३ जना सहित प्रदेश १ मा शुक्रबार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । शुक्रबार मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता, सुनसरीमा इटहरीमा २ महिला७पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीयतहनखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाइमा २, दमक र विर्तामोडमा १–१ पुरुष, ते¥हथुमको छथरमा १ महिला स्थानीयतहनखुलेका १ पूरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७हजार १ सय ७७ पुगेको छ ।

प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १ सय ५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म ३ हजार ४ सय ३८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६५ महिला र १ सय ३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, हालसम्म १ लाख २५ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ