२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगर अस्पतालको दुई तलाबाट हाम फालेका विरामीको मृत्यु

विराटनगर अस्पतालको दुई तलाबाट हाम फालेका विरामीको मृत्यु


विराटनगर – विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिको झ्यालबाट हाम फालेर घाइते भएका एक जना बिरामीको सोमबार बिहान मृत्यु भएको हो ।

दुई तला माथिबाट हाफ फालेर घाइेते भएका मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरको आइसीयुमा उपचारको क्रममा मृत्यु अस्पताले जनाएको हो । उपचारको क्रममा उनको ९ बजेतिर मृत्यु भएको थियो

फोक्सोजमा समस्या भएपछि १९ असोजमा अस्पताल भर्ना भएका थिए । फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाह बमोजिम उपचार भइरहेको अस्पतालले जनाएको छ ।

दोस्रो तलामा भर्ना भएका मृतक गजमेर बेडमा उभिएर अस्पतालको उत्तरपट्टीको झ्यालबाट हामफालेको अस्पतालको सिसी टिभी फुटेजमा देखिन्छ ।

मृतककको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । आत्महत्या गरेको गजमेरको अस्पतालमा लागेको उपचार खर्च मिनहा गरिदिएको छ । गजमेरको उपचारमा करिब ७० हजार रुपैयाँ खर्च भएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ