२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा थपिए १६४ संक्रमित

प्रदेश १ मा थपिए १६४ संक्रमित


विराटनगर – प्रदेश १ मा सोमबार १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् । सुनसरीकै धरानमा २६ महिला र १५ पुरुष, कोशी गाउँपालिकामा १ महिला १ पुरुष, दुहवी र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा २२ महिला १५ पुरुष, मिक्लाजुङमा २ महिला ३ पुरुष, बुढीगंगामा ४ पुरुष, जहदामा २, कटहरी, केराबारी, सुनबर्षी र बेलबारीमा १–१ जना, झापाको दमक र स्थानीय तह नखुलेका १–१ महिला, ताप्लेजुङको फक्ताङलुङमा १ पुरुष, धनकुटामा १ महिला , ते¥हथुमको म्याङलुङका १ पुरुष र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ७ हजार ७७५ पुगेको छ । प्रदेश १ मा आज ५९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र ८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २८ हजार १४८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ