२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगर स्वास्थ्य महाशाखा प्रमुख कार्कीलाई संक्रमण

विराटनगर स्वास्थ्य महाशाखा प्रमुख कार्कीलाई संक्रमण


विराटनगर – विराटनगर महानगरपालिको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य ल्याबमा गराएको परीक्षणमा कार्कीलाई बुधबार साँझ आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।

ज्वरो र घाटी दुखेर कोरोनाको लक्षण देखिएपछि कार्कीले स्वाब दिएका थिए । संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालफार्मत पनि सार्वजानिक गरेका छन् । ‘मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु,’ कार्कीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा उल्लेख छ।’

संक्रमण देखिएपछि कार्की होम आइसोलेनमा रहेका छन् । उनी कोरोना रोकथाम र नियन्त्रणमा संक्रिय रूपमा खटिने क्रममा संक्रमित हुन पुगेका छन् । विराटनगरमा बुधबार १३७ सहित प्रदेश १ मा थपिए ३४३ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

 


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ