२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा १३७ सहित प्रदेश १ मा थपिए ३४३ संक्रमित

विराटनगरमा १३७ सहित प्रदेश १ मा थपिए ३४३ संक्रमित


विराटनगर – विराटनगरमा १ सय ३७ जना सहित प्रदेश १ मा थप ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार संक्रमण  देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् ।

जसमध्ये मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ   ।

मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला १ पुरुष, रंगेलीमा २ महिला १ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, बुढीगंगा र ग्रामथानमा २–२ पुरुष, उर्लाबारी र धनपालमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

उता, सुनसरीको धरानमा ५३ महिला र ६१ पुरुष, इटहरीमा ५ महिला र  ३ पुरुष, बराहक्षेत्र र दुहवीमा २–२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १–१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

त्यस्तै, झापाको विर्तामोडमा २ महिला ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला ३ पुरुष, गौरादहमा २ महिला २ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

 यस्तै, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुष, भोजपुरमा १ महिला १ पुरुष, इलामको मांसेबुङ र देउमाईमा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ ।

प्रदेश १ मा बुधबार १० जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन । हालसम्म ४ हजार १३२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३१० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २०७ पुरुष रहेका छन् । हालसम्म १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ