२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो


विराटनगर—प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड—१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिए ।

प्रदेश १ को मोरङका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आजसम्म १ लाख ३७ हजार ५ सय १७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ