२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आन्द्रा काटेको आरोप : विरामीको मृत्युपछि नोवेल अस्पताल दुईदिनदेखि तनावग्रस्त

आन्द्रा काटेको आरोप : विरामीको मृत्युपछि नोवेल अस्पताल दुईदिनदेखि तनावग्रस्त


विराटनगर – चिकित्सकको लापरवाहीले विराटनगरस्थित नोवेल टिचिङ्ग हस्पिटलमा विरामीको मृत्यु भएको भन्दै आफन्तले दुई दिनदेखि आन्दोलन गरेपछि अस्पताल तनावग्रस्त बनेको छ । पेटमा समस्या भएपछि आइतबार नोवेलमा शल्यक्रिया लागि भर्ना भएकी सोलुखुम्बु नोचासल्यान– ४ की ३५ वर्षीय तारादेवी भट्टराईको मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै आन्दोलन गरेपछि अस्पतालब तनावग्रस्त बनेको हो ।

पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी महिलाको गएको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले आफन्तलाई जानकारी गराएको थियो । महिलाको मृत्युपछि आफन्तले लापरवाही गर्ने चिकित्सकलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ती दिन माग राख्दै मंगलबार दिनभर आन्दोलन गरेका थिए । पीडित पक्षले राखेको मागको सुनवाइ नभएपछि उनीहरूले बुधबार पनि अस्पतालमा विरोध प्रर्दशन गर्दै आएका छन् ।

उनीहरूले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने, मृतकका छोराछोरीको अध्ययनमा लाग्ने खर्च अस्पतालले व्यवहरनुपर्ने लगायतको माग राख्दै दुई दिनदेखी प्रर्दशन गर्दै आएका छन् ।

मृतक महिलाका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँच पछि सोमबार पाटेघरमा भएको ट्यमरको शल्यक्रियाको गर्ने भन्दै आइतबार तारालाई अस्पताल भर्ना गरिएको थियो । सोमबार बिहान साढे ९ बजे डाक्टार शान्ति सुवेदीको टिमले शल्यक्रियाका लागि अप्रेशन थिएटर भित्र लिएर गए । करिब एक घण्टा पछि शल्यक्रिया सफल भएकाले आइसियूमा राख्नका लागि लगियो ।

अप्रेशन थिएटरबाट निकाल्दा श्रीमतीको अवस्था सामान्य रहेको उनले बताए । आइसियूमा रहेकी श्रीमतीको तुरुन्त अप्रेशन गर्नु पर्ने भन्दै चिकित्सकको टोलीले सोमबार बेलुका जानकारी गराए । हतारमा रहेका चिकित्सकले अप्रेशन थिएटरमा लिएर गएको करिब आधा घण्टा पछि अचेत अवस्थामा अक्सिजनसहित बाहिर निकालेर भेण्टिलेटरमा राखे । मंगलबार विहान मृत्यु भएको जानकारी गराएको ओमले बताए ।

‘पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएको भन्दै चिकित्सकले पाठेघर र ट्यूमर फालेको बताउँदा धन्यवाद दिएका थिए,’ उनले भने ‘ शल्यक्रिया अघि परीक्षण गर्दा ट्यूमर देखिएको थिएन् । चित्सिकले एक्कासी ट्यूमर रहेको बताएपछि छक्क परे ।’

ट्यूमर निकाल्ने बहानामा चिकित्सकले विरामीको आन्दा काटिदिएको उनको आरोप छ । ‘बेलुका रगत रोकिएन भन्दै शल्यक्रिया गर्न लिएर गए,’ उनले भने, ‘केही समयपछि अचेत अवस्थामा निकालेर भेण्टीलेटरमा राखे, भोलीपल्ट बिहान मृत्यु भएको जानकारी हामीलाई दिए ।’

पाठेघरको अप्रेशन गर्दा आन्द्रा काटिदिएका श्रीमतीको मृत्यु भएको उनको भनाई छ । ‘पाठेघरको अप्रेशन भने तर जानकारी नदिई आन्द्रा काटिदिए,’ उनले भने, ‘अस्पताल र चिकित्सकको लापरवाहीले श्रीमतीको मृत्यु भयो ।’ मृत्युपछि उपचारमा लापरवाही गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन गरेको उनले बताए ।

लापरवाही गर्नेलाई कारवाही नभएसम्म विरामीको शव नउठाउने उनले बताए । यो समाचार तयार पार्दासम्म मृतकका आफन्तले शव बुझेका छैनन् ।

यता, अस्पतालका प्रबन्धक नारयण दाहालले विरामीको उपचारको क्रममा मृत्यु भएकोकोले अस्पतालले कुनै लापरबाही नगरेको दावी गरेका छन् । ‘पाठेघरमा ट्युमर भएपछि अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले शल्यक्रिया गरि २ केजीको ट्यमर निकालेको छ,’ उनले भने, ‘शल्यक्रियापछि पनि विरामीको अवस्था ठिकै थियो । थप उपचारको क्रममा यस्तो हुन पुग्यो ।’

विरामीको मृत्युपछि नोबेल अस्पतालमा नाराबाजी गर्दै मृतकका आफन्तहरू ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ