२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपीको कोभिड अस्पतालमा बेथिति बढ्यो, अस्पताल चुस्त दुरुस्त राख्न मन्त्री घिमिरेको निर्देशन

विपीको कोभिड अस्पतालमा बेथिति बढ्यो, अस्पताल चुस्त दुरुस्त राख्न मन्त्री घिमिरेको निर्देशन


विराटनगर – सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतामा बेथिति बढेपछि प्रदेश १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालाई चुस्त दुरुस्त राख्न पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । कोभिड अस्पतालमा बेथिति बढेको भन्दै मन्त्री घिमिरले बिहीबार निरीक्षण गर्दै अस्पतालका पदाधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

कोभिड-१९ अस्पताल संचालन भएको ४ महिनामानै उपकरणहरु विग्रिनुको कारण र कोरोनाका गम्भिर प्रकारका विरामीहरुले कोभिड अस्पतालमा उपचार नपाउनुको कारणबारे मन्त्री घिमिरेले जानकारी लिए । उनले प्रतिष्ठानका कमजोरीहरु तत्काल सुधार गर्न पदाधिकारीलाई निर्देशन दिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले प्रतिष्ठानको कोभिड १९ अस्पताल संचालन भएको ४ महिनामानै कसरी भेन्टिलेटर विग्रियो भनेर प्रतिष्ठानका पदाधिकारीहरुलाई प्रश्न राखे ।

प्रतिष्ठानको कोभिड अस्पताल जहाँ धरानको मात्रै होइन प्रदेश र प्रदेश बाहिरका गम्भिर प्रकृतिका विरामीले उपचार पाउनु पर्नेमा पछिल्लो समय उपचार नपाईरहेको गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रतिष्ठानको बेतिथिको बारेमा प्रश्न उठाएका थिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले बुँदागतरुपमा डेढ दर्जन जति सुझावहरु प्रतिष्ठानका पदाधिकारीहरुलाई दिएका छन् । सामाजिक विकास मन्त्रीसंगै प्रतिष्ठानमा मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखको सहभागिता रहेको थियो । बैठकमा प्रतिष्ठानको धर्मशालालाई आइसोलेसनबाट पुरै कोभिड अस्पतालको रुपमा विकास गर्नेबारे पनि छलफल भएको बताईएको छ ।

अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढीसकेको र चाँडै पुरा हुने उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । कोभिड अस्पतालको ९ वटा भेन्टिलेटर मध्ये ५ वटा चलिरहेको र बाँकी ४ वटा विग्रिएकोले मर्मत भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ