२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी कोभिड अस्पताललाई भेन्टिलेटर, प्रदेश ल्याबलाई पिसिआर मेसिन सहयोग

कोशी कोभिड अस्पताललाई भेन्टिलेटर, प्रदेश ल्याबलाई पिसिआर मेसिन सहयोग


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रलाई एक थान भेन्टिलेटर र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण गरिएको छ ।

विराटनगर महानगरपालिको पहलमा यूएनडीपीको सहयोगमा सोमबार कोभिड उपचार केन्द्रलाई भेन्टिलेर र ल्याबलाई आरएनए एक्स्ट्राक्सन मेसिन हन्तारण गरिएको हो ।

प्रदेशमा लक्षणसहितको कोरोना संक्रमित दैनिक जसो बढीरहेको समयमा विरामीले भेन्टिलेटर नपाई  मृत्युवरण गर्दै आएको छन् । अहिले प्रदेशका कोभिड अस्पताल र निजी अस्पतालहरूको आइसियू र भेन्टिलेटरमा विरामी भरिभराउ रहेको छ ।

विरामीलाई उपचारमा थप सहज पु¥याउन यूएनडीपीको सहयोग र महानगरपालिको पहलमा कोभिड उपचार केन्द्रलाई भेन्टिलेटर प्रदान गरिएको विराटनगर महानगरपालिका प्रमुख भिम पाराजुलीले जानकारी दिए । यस्तै, विराटनगरस्थित प्रदेश जनस्वास्थ्य ल्याबलाई पनि कोरोना परिक्षण गरिने अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण गरिएको छ ।

अहिले शंकास्पद विरामीले दिएको स्वाब एकसाता बित्दा पनि रिपोर्ट आउने समस्या रहेको छ । परीक्षणको दायरा वृद्धी गर्नुको साथै छिटो छरितो तरिकाले कोरोना परीक्षण रिपोर्ट दिन अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण गरिएको महानगरपालिका प्रमुख पराजुलीले बताए ।

‘महानगरपालिको पहलमा हामीले यसअघि पनि कोशीको ल्याबमा दिएको अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन किट नभएकोले संचालनमा नआएको जानकारी आएको छ,’ उनले भने, ‘एक्स्ट्राक्सन मेसिन संचालनमा ल्याएर रिपोट चाँडो दिने व्यवस्था प्रदेश र संघिया सरकारले बनाउनुपर्दछ ।’

कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा हाल ५ वटा भेन्टिलेटर र ७ वटा आइसीयू रहेको छ । संचालनमा आएको भेन्टिलेटर र आइसीयूमा विरामी भरिभराउ छन् । हाल कोशि कोभिड उपचार केन्द्रमा ६४ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

१० वटा भेन्टिलेटर थपिदै

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले लक्षणसहितको संक्रमित बढदै गएकोले साझेदारी सस्थाको पहलमा भेन्टिलेटर र अक्सिजनसहितको अस्पताल बढाउन प्रदेश सरकार लागि परेको बताए ।

मन्त्री घिमिरले कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा थप १० वटा भेन्टिलेट थप गर्न प्रदेश सरकार लागि परेको जानकारी दिए । ‘साझेदार संस्थाको सहयोगमा कोशी कोभिड उपचार केन्द्रमा थप १० वटा भेन्टिलेर राख्ने तयारी गरिएको छ,’ उनले भने, ‘यसको प्रक्रिया आगाडी बढीसकेको छ ।’

यस्तै, धरानस्थित बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा पनि २ सय बेडको अक्सिजन बेड विस्तार गरिने तयारी प्रदेश सरकारले गरेको मन्त्री घिमिरेले जानकारी दिए ।

संक्रमण दर प्रतिदिन बढदै गएकोले प्रत्येक निजी अस्पतालले ५० प्रतिशत कोभिडका विरामीलाई  छुटाउनुपर्ने मन्त्री घमिरेले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ