२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरका निजी अस्पतालको मनोमानी रोक्न काँग्रेसको माग

विराटनगरका निजी अस्पतालको मनोमानी रोक्न काँग्रेसको माग


विराटनगर – कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा संघिय सरकारले गरेसँगै विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारको लागि चर्को शुल्क लिने गरेको भन्दै काँग्रेसले मनोमानी रोक्न माग राखेको छ । नेपाली काँग्रेस महानगर कार्यसमिति विराटनगरले बिहिबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै आएका विराटनगरका निजी अस्पतालले संक्रमितको उपचारमा दैनिक ५० हजार रुपैयाँसम्म शुल्क तोकेका छन् ।

विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्युरो अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्दै आएका थिए । स्वास्थ्य मन्त्रालयले सामान्य लक्षण देखिएका संक्रमितले निजी अस्पतालमा उपचार गर्दा ३ हजार ५००, जटिल अवस्थाको विरामीको उपचार गर्दा ७ हजार र गम्भीर अवस्थाका विरामीको उपचारमा दैनिक १५ हजार शुल्क तोकेको छ । यो खानासहितको जम्मा शुल्क हो । यसअघि विरामीको निःशुल्क उपचार गर्नेगरी सम्झौता गरेका अस्पताललाई सरकारले सोही आधारमा भुक्तानी गर्ने सम्झौता गरेको छ ।

यद्यपी, निःशुल्क उपचारको लागि भर्ना भएका अस्पतालले विरामीसँग पनि अतिरिक्त शुल्क लिँदै आएका थिए । सरकारले संक्रमित बिरामीको उपचार खर्च नबेहोर्ने निर्णय गरेपछि भने ती अस्पतालले दैनिक ५० हजारसम्म शुल्क तोकेको भन्दै काँग्रेसले तत्काल घटाउनुपर्ने माग राज्यसँग गरेको नेपाली काँग्रेस विराटनगरका कार्यवाक सभापति अरुण न्यौपानेले बताए ।

‘अहिले संक्रमितको उपचारको लागि आएमा धरौटी वापत नै १ लाख देखि ४ लाख रुपैयाँसम्म माग्न थालेका छन्,’उनले भने, ‘यस्तो मनोमानी दुई तिहाइको सरकारले तत्काल रोक्नु पर्दछ ।’

संक्रमितको उपचारको लागि सरकारले यसअघि तोकेको भन्दा ३ गुणा बढि शुल्क निजी अस्पतालले तोकेका छन् । अब सामान्य लक्षण भएका संक्रमितले आइसोलेसनमा भर्ना भएर उपचार गर्दा दैनिक ५ हजारदेखि ८ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।

यसअघि निःशुल्क उपचार प्राप्त गर्दै आएका सामान्य लक्षण भएका संक्रमितले पनि अब निजी अस्पतालमा १५ दिन बस्नु परेमा १ लाख २० हजार रुपैयाँ बुझाउनुपर्ने अवस्था छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ