२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा वडानै पिच्छे फरक शुल्क, आइसोलेसनमा बसेको प्रमाणित गर्न मनपरी रकम असुल्दै

विराटनगरमा वडानै पिच्छे फरक शुल्क, आइसोलेसनमा बसेको प्रमाणित गर्न मनपरी रकम असुल्दै


विराटनगर – विराटनगर ५ का राकेश कर्णले दुईसाता होम आइसोलनमा बसेपछि कोरोना संक्रमणलाई परास्त गरे । पेशाले संचारकर्मीसमेत रहेका उनी कोरोना संक्रमण भएर होम आइसोलेनमा बसेको प्रमाणित गरेको सिफारिस लिन विराटनगर महानगरपालिकाको ५ नंं. वडा कार्यालयमा सोमबार गएका थिए ।

उनलाई वडा कार्यालयले संक्रमित भएर होम आइसोलेनमा बसेको प्रमाणित गरेको ‘निवेदन दस्तुर’ र अन्य सिफारिस शिर्षक गरी ३ सय १० रूपैयाँ कर वापत शुल्क लिएको छ । यस्तै, विराटनगर ३ की एक जना महिलाले पनि कोरोना संक्रमण जितेपछि होम आइसोलनेमा बसेको प्रमाणित गरेको सिफारिस लिन १७ कार्तिकमा विराटनगर ३ वडा कार्यालय पुगिन् । उनलाई वडा कार्यालयले ‘निवेदन दस्तुर’ १० रुपैयाँ र अन्य सिफारिस शिर्षकमा ५ सय रुपैयाँ गरि जम्मा ५ सय १० रूपैयाँ कर वापतको शुल्क लिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अहिले विराटनगर महानगरपालिकाको वडा कार्यालयलहरूले कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गरेको करको नाममा मनपरी शुल्क असुल्ने गरेको पाइएको छ । संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाले बिमा र कार्यालयमा बिदा प्रयोजनका लागि वडा कार्यालयको सिफारिस माग्ने गरेका छन । पहिले यस्तो शुल्क नलिएको वडा कार्यालयहरुले पछिल्लो पटक केही वडा कार्यालयले शुल्क लिने गरेको पाइएको छ ।

विराटनगरका २, ४, ७ र ८ नम्बर वडाकाले शुल्क नलिकन बीमाको लागि सिफारिस दिने गरेको छ । अन्य वडाहरूले भने शुल्क लिने गरेको पाइएको छ । विराटनगर ३ का वडाअध्यक्ष बिनोद बस्नेतले बिमा प्रयोजनाका लागि सिफारिस लिनेहरूको हाकममा मात्र करवापतको शुल्क लिने गरेको बताए । ‘बीमाको दाबी गरेर सिफारिस लिन आउनेहरूसँग कानुनी व्यवस्था अनुसार कर वापतको शुल्क लिने गरिएको छ,’ उनले भने, ‘त्यस बाहेक अरुमा शुल्क लिने गरिएको छैन ।’

विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले निवेदन दस्तुर बाहेकको शुल्क नलिन वडा कार्यालयहरूलाई परिपत्र गरेको जानकारी गराए । ‘केही वडाहरूले कोरोना प्रमाणित गरेको शुल्क लिने गरेको पाइयो,’ उनले भने, ‘सबै वडाहरूलाई निवेदन दस्तुर बाहेक अन्य कुनै पनि शुल्क नलिन परिपत्र गरिएको छ ।’

केही वडा कार्यालयहरूले होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’मा ३ सय देखि ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ लिन थालेको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ