२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’

स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’


विराटनगर –  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि भ्याक्सिन विश्व बजारमा तयार हुनेबित्तिकै आयात गर्न सरकारले अध्यादेश तयार गरेको बताए।

कोभिड अस्पताल निरीक्षण गर्दै स्वास्थ्यमन्त्री ढकाल

विराटनगरस्थित कोशी अस्पताल र कोशी कोभिड उपचार केन्द्रमा विस्तार भइरहेको अस्पतालको बिहीबार निरीक्षण गर्दै मन्त्री ढकालले भ्याक्सिन आयात गर्न कानुनी प्रक्रिया सहज बनाउन अध्यादेश तयार गरेकोले यसको सफल परीक्षण भएपछि नेपालमा ल्याउने बताएका हुन् ।

उनले औषधी उत्पादन गरिने राष्ट्रहरुले भ्याक्सिन प्रयोग गर्दा नेपालमा पनि प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले सरकारले औषधी आयतमा बाधा अडचनहरू हटाउनका निम्ती अत्याधेश तयार गरिएको जानकारी दिए । अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । मन्त्री ढकालले भ्यासिनको आवश्यक व्यवस्थाको निम्ति राज्यकोतर्फबाट पहल गरिने बताए ।

भौतिक संरचनाको अभवा र यसलाई स्तरीय बनाउन वर्तमान सरकारले ६ हजार २ सय २ बेड अस्पतालमा थप गरिएको उनले जानकारी दिए । ‘संक्रमितको संख्या बढदै गएपछि आवश्यक भेन्टिलेटर र अक्सिजन पनि थपिने काम भएको छ,’ मन्त्री ढकालले भने, ‘आइसियू र भेन्टिलेटरमा जानुभन्दा पहिले उपचारको निम्ति आवश्यक पर्ने अक्सिजन हो । कोरोनाको औषधी र भ्याक्सिन आइनसकेकोले अहिले आवश्यक पर्ने अक्सिनजसहितको वेड विस्तरामा सरकार लागि परेको छ ।’

उनले विरामीहरू गम्भिर समस्या हुनुभन्दा अगाडी अक्सिजन दिन सकियो भने स्वास्थ्यमा सुधार हुनेछ भनेर सरकारले देशभरीमा ३ हजार ५ सय अक्सिजनसहितको बेड थपिएको मन्त्री ढकालले बताए । जसमध्ये उपत्यकमा २ हजार र १ हजार ५ सय अन्य जिल्लाहरुमा छन् । यसमा प्रदेश सरकार र नागरिक समाजले पनि भूमिका खेल्दै आएको मन्त्री ढकालले बताए ।

कोभिडको महामारीबाट नागरिकको बचाउन अहिले अक्सिजनसहितको १ सय बेडको कोभिड अस्पताल थप भएको यो अहिले सान्र्दभिक रहेको उनले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानिय तहसँगको समन्वयमा होम आइसोलनमा बसेका संक्रमितहरुलाई मनोसामाजिक परामर्श, स्वास्थ्यमा अफ्टयारो पर्दा तुरुन्त अस्पताल पु¥याउने संयन्त्रको विकास गरिएको मन्त्री ढकालले बताए ।

होमआइसोलेशनमा बसेका संक्रमितहरुलाई भयपूर्ण वातावरणमा मन्त्री ढकालले कोशी अस्पताल पनि निरीक्षण गरेका छन् । उनले कोशी अस्पताललाई प्रदेश १ को नमूना अस्पतालको रूपमा विकास गर्न त्यसतर्फ सबै लाग्नुपर्ने जोड दिए ।

कोभिडको महामारीबाट नागरिकको बचाउन अहिले अक्सिजनसहितको १ सय बेडको कोभिड अस्पताल थप भएको यो अहिले सान्र्दभिक रहेको उनले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानिय तहसँगको समन्वयमा होम आइसोलनमा बसेका संक्रमितहरुलाई मनोसामाजिक परामर्श, स्वास्थ्यमा अफ्टयारो पर्दा तुरुन्त अस्पताल पु¥याउने संयन्त्रको विकास गरिएको मन्त्री ढकालले बताए ।

होमआइसोलेशनमा बसेका संक्रमितहरुलाई भरयरहित बावतरणमा बस्ने र सरकारको कोभिड अस्पतालहरुबाट उन्नत स्तरको सेवा दिने कामहरू भइरहेको उनको भनाइ छ ।  मन्त्री ढकालले कोशी अस्पताल पनि निरीक्षण गरेका छन् । उनले कोशी अस्पताललाई प्रदेश १ को नमूना अस्पतालको रूपमा विकास गर्न त्यसतर्फ सबै लाग्नुपर्ने जोड दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ