२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा थप ४४७ जना कोरोनामुक्त, २०७ जना संक्रमित थपिए

प्रदेश १ मा थप ४४७ जना कोरोनामुक्त, २०७ जना संक्रमित थपिए


विराटनगर –  प्रदेश १ मा थप २०७ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबारमात्र  मोरंङमा  ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मोरंङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५–५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १–१, झापाको दमक र विर्तामोडमा ५–५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता, ते¥हथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै  होमआइसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९४१ पुगेको छ ।

प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १
ट्याग : #Breaking


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ