२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दिनकै ५० हजारसम्म असुल्दै विराटनगरका कोभिड अस्पताल

दिनकै ५० हजारसम्म असुल्दै विराटनगरका कोभिड अस्पताल

विपन्न विरामीको उपचार नगर्ने निजी अस्पताललाई कारवाही गर्ने मुख्यमन्त्री राईको चेतावनी


विराटनगर – भोजपुर हतुवागडी गाउँपालिका – ४ का ४० वर्षीय कोरोना संक्रमित पुरूषको श्वासप्रश्वासमा समस्या देखिएपछि  मोरङको बुढीगंगा गाउँपालिका १ स्थित विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आर्थिक अवस्थामा नाजुक रहेको उक्त पुरुषको उपचार गर्न उनकी छोरी अस्पतालमा बसेकी छिन् । संक्रमित बाबुको उपचारको लागि अस्पतालले धरौटी रकम तीन लाख रुपैयाँ बुझाएपछि मात्र अहिले उपचार भैरहेको उनले बताइन्। उपचार खर्चमै सम्पूर्ण पैसा खर्च भैसकेकोले बाँकीको उपचार गर्न कसरी पैसा जुटाउने भन्ने कुराले उनी अन्योलमा परेकी छिन् ।

यसैबीच कोभिड अस्पतालको अनुगमन निस्किएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अघि भावुक हुँदै ती महिलाले भनिन्, ‘अहिले भेन्टिलेटरमा राखेर बुबाको उपचार भइरहेको छ । भन्टिलेटरमा राखेर उपचार गरेको अस्पताललाई दिनको ५० हजार रुपैयाँ बुझाउदै आएको छु । थप उपचारको लागि पैसा छैन । कहाँबाट लिएर आउनु ?’

मुख्यमन्त्री राईको गृह जिल्लाकी ती महिलाले बाबुको उपचार गर्दा गर्दै भएको तीन लाख रुपैयाँ भन्दा बढी पैसा सकियो । संक्रमित ती पुरुष ८ मंसिरदेखि विराट टिचिङ्गि हस्पिटलको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनले आफ्नो मात्रै पीडा नभएको बताउँदै अस्पतालमा बसेका अन्य नागरिकले झन् कष्ट बेहोरिरहेको गुनासो मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेको अगाडी रुदै गुनासो पोखिन् ।

यस्तै, सुनसरीको इनरुवा नगरपालिका ४ का त्रिलोचन्द्र गुप्ताको समस्या पनि उस्तै छ । ६५ वर्षीय कोरोना संक्रमित बावुको उपचार गरेको चार दिनमा पाँच लाख रुपैयाँ सकिएको बताए । ‘बाबुको उपचारमा अहिलेसम्म पाँच लाख रुपैयाँ सकियो,’ बावुको स्वास्थ्यमा कुनै सुधार भएको छैन । अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ संक्रमितका छोरा गुप्ताले भने, ‘दैनिक भेन्टिलेटरमा राखेको मात्र २० हजार रुपैयाँ तिर्दै आएको छु ।’ नोबेल अस्पतालले विविध शिर्षकमा चर्को शुल्क लिएका कारण उपचार गराउन नसक्ने अवस्थामा पुगेको बताए ।

बावुको उपचारमा सुधार नभएपछि घर लैजाने तयारी गरेको उनले बताए । ‘भएको पैसाँ पनि बावुको उपचारमा सकियो,’ थप उपचार गर्ने पैसाँ पनि छैन,’ उनले भने । नोबेलमा बिरामीका आफन्तले बेहोर्नु परेको दुःखदेखि मनोमानी शुल्कको असर बारे अधिकांशले गुनासो गरेका हुन् ।

कोरोना संक्रमितको उपचारमा विराटनगरका निजी अस्पतालले मनोमानी चर्को शुल्क असुलेको र विरामीका आफन्तलाई पीडा दिएको व्यापक गुनासो बढेपछि प्रदेश सरकारका मुख्यमन्त्री राई, सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितको टोलीले स्थलगत निरीक्षण र आफन्तको गुनासो सुनेका हुन् ।

गरिबको उपचार नगर्ने निजी अस्पताललाई कारवाही 

मुख्यमन्त्री शेरधन राईले निजी अस्पतालहरुले संक्रमित भएका आर्थिक अवस्था नाजुक, असाय र ज्येष्ठ नागरिकको नि:शुल्क उपचार नगरे कारवाही गर्ने चेतावनी दिए । सरकारले निर्णाय सच्याउँदै अहिले आर्थिक अवस्था नाजुक, अशाय र ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने भएकोले यसको कार्यन्वयन निजी हस्पिटलले पनि गर्नुपर्ने मुख्यमन्त्री राईले बताए ।

‘निजी अस्पतालहरुमा के कसरी लागू भएको छ । यी कुरालाई प्रत्यक्ष हेरेर त्यसलाई लागू गरि कडाको रुपमा पालना गर्न हामीले आवश्यक निर्देशन दिएको छ,’ मुख्यमन्त्री राईले भने, ‘अहिले नियमित अनुगमन हुनेछ । कार्यन्वयन नर्गेलाई कारवाही हुनेछ ।’ निजी अस्पतालले संक्रमितको उपचारमा धरौटि लिनेलाई पनि कारवाही गरिने उनले बताए ।

‘हामीसँग बिरामीका आफन्तले गरेको गुनासोका आधारमा तत्काल केहि निर्णय लिनेछौं,’मुख्यमन्त्री राईले भने, ‘नागरिकको स्वास्थ्य सुरक्षामा सरकार सधैं तत्पर छ ।’ मुख्यमन्त्री राईले सरकारकै निर्णयका कारण केहि समय नागरिकले उपचार असुविधा बेहोर्नु परेको बताए ।

‘सरकारले नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ, तोकिएको अस्पतालमा पुगेर सेवा लिनका लागि हार्दिक अपिल गर्दछु,’ मुख्यमन्त्री राईले भने ।

विराटका सञ्चालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले उपचार राम्रो भएकोले सरकारले भनेकै शुल्कमा सम्भव नहुने बताए । उनले आफ्नो संस्था चलाउने विषयमा समेत सरकारले सोच्नुपर्ने बताए । कार्कीले सरकारले नागरिकको उपचारबाट हात झिकेर तिर्नसक्नेसम्म लिनु भनेकोले रकम लिने गरेको बताए ।

यसैगरी, नोबेलका निर्देशक डाक्टर राजेश नेपालले सरकारले तोकेअनुसारको मुल्य लिने गरेको बताए । उनले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न नसकिने बताए । उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायत अन्य खर्चका कारण आफुहरुले उपचार निःशुल्क गर्न नसक्ने बताउँदै उनले यसको जिम्मा राज्यले लिनुपर्ने बताए ।

एकैदिनको ५ हजारदेखि ५० हजारसम्म असुली

कार्तिक २ गतेको दिन सरकारले संक्रमितको उपचार खर्च नब्यहोर्ने निर्णय गरेपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल र न्यूरोले कोरोना संक्रमित बिरामीहरूको उपचारमा चर्को रकम असुल्ने गरेको छ । यी अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा प्रतिदिन ५ हजारदेखि ५० हजार रूपैयाँसम्म शुल्क निर्धारण गरी संक्रमितका आफन्तसँग असुली गर्दै आएका छन् ।

विराट टिचिङ्गमा जनरल वेडको प्रतिदिन ८ हजार, अक्सिजनसहितको वेडको प्रतिदिन ३५ हजार र भेन्टिलेटरको ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ । अस्पतालले तोकेको शुल्कमा खाना, खाजा र चिकित्सकको चार्जसमेत रहेकोे अस्पतालले जनाएको छ ।

न्यूरोले जनरल बेडको प्रतिदिन ४ हजार ६ सय २५ रुपैयाँ, आइसियूको १५ हजार र भेन्ट्रिलेटरसहितको आइसियूको ३० हजार रुपैयाँ लिने गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ