२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १यसरी आइपुग्छ तस्करीमा ‘रेमडिसिभिर’ इन्जेक्सन, खरिद मूल्यभन्दा तीन गुना बढीमा बिक्री

यसरी आइपुग्छ तस्करीमा ‘रेमडिसिभिर’ इन्जेक्सन, खरिद मूल्यभन्दा तीन गुना बढीमा बिक्री


विराटनगर – कोभिड– १९ का संक्रमितको उपचारमा ‘रेमडिसिभिर’ इन्जेक्सनको प्रयोग हुन थालेपछि भारतदेखि नेपालमा यसको अधिक मात्रमा तस्करी हुने गरेका छ । खरिद गरेको भन्दा तीन गुणाबढी मुल्यमा नेपालमा ल्याएर ‘रेमडिसिभिर’ इन्जेक्सनको कालोबजारी गरी विक्री गर्ने भएकोले अहिले यसको तस्करी भारतदेखि अधिक हुने गरेको हो ।

भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयमा पाइने यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म विक्री हुने गरेको जानकारहरू बताउँछन् । अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढन थालेपछि यसको माग पनि बढेको छ ।

८ मंसिरमा मोरङ प्रहरीले विराटनगर – १३ सैनिक टोलका ३६ वर्षीय नरेश यादवको घरदेखि तस्करीको औषधी बरामद गर्दा १० भाइल रेमडिसिभिर इन्जेक्सन नियन्त्रणमा आएपछि यसको तस्करी हुने गरेको पुष्टि गर्दछ । प्रहरीले यादवको घरबाट तस्करी गरी ल्याएको रेमडिसिभिरसहित औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ लगायतका अन्य विभिन्न नाम गरेको चार कार्टुन औषधी बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको दुवै इन्जेक्सन औषधी व्यवस्था विभागमा दर्ता छैन । अहिले नेपालमा कम्पनी अनुसार फरक–फरक दुइ खालका मुल्य भएको रेमडिसिभिर इन्जेक्सन आउने गरेको छ । भारु २ हजार ८ सय र ४ हजार ५ सय रुपैयाँमा यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ । यसको तस्करी गरि कालोबजारीमा स्वास्थ्य क्षेत्रका केही समूहको संलग्न हुने गरेको देखिएको छ ।

तस्करीको गिरोहसँग मिलेर रेमडिसिभिर इन्जेक्सनसहित अन्य प्रतिवन्धित औषधीहरू विराटनगर ल्याएपछि विभिन्न क्षेत्रमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘यादवले तस्करी गरि ल्याएको औषधी स्वास्थ्य क्षेत्रका केही व्यक्तिहरूको समूह मिलेर मगाएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विभागमा दर्ता नभएका औषधीहरू तस्करी गरि ल्याउने गिरोहको पहिचान भएकोले पक्राउ गर्न लागि परेका छौं ।’ तस्करीमा संलग्न थप व्यक्ति पक्राउ परी नसकेकोले विभागले तस्करी गरि औषधी मगाउने व्यक्तको नाम गोप्य राखेको छ ।

जानकारका अनुसार रेमडेसिभिरको तस्करीमा विराटनगरका केही ठूला औषधी व्यवसायी र स्वास्थ्य क्षेत्रका जानकार व्यक्तिको संलग्न छ । ‘सिकिस्त कोरोना संक्रमितलाई रेमडेसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘तपाइको विरामीलाई इन्जेक्सन चलाउनुपर्दछ । चाँडै जोलो गर्नुहोला । फार्मेशी र स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म भन्ने गर्दछन् ।’ धेरै बाग्रेलिङ्ग गरेपछि केही कममै उपलब्ध गराउन सक्छौं भन्ने गरेको ती आफन्तले बताए ।

‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ? संक्रमितका एक जना आफन्तले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा भएर मैले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन् ?’

यसरी भित्रिन्छ तस्करीको औषधी

विशेष सूचनाका आधारमा प्रहरीले भण्डान गरि राखिएको ठाउँबाट रेमडिसिशिवरसहित अन्य विभिन्न तस्करीको औषधी बरामद गरेको यादवले भारतदेखि विराटनगरसम्म ल्याउन निक्के जुक्त लगाएका छन् । पैसाको लोपमा यादवले अन्य विभिन्न सामाग्रीहरूको तस्करी गर्दै आएको आरोप छ ।

तस्करीको औषधी ल्याउन यादवले ट्याक्टर प्रयोग गरेको बुझिएको छ । ‘खाली ट्याक्टरको मुनी औषधी र माथिबाट पराल राखेर चोरबाटो हुदै तस्करीको औषधी घरमा पु¥याएको हो,’ स्रोतले भन्यो, ‘यादवले औषधी घर ल्याएको २ घण्टा बित्न नपाउँदै मोरङ प्रहरीबाट खटिएको सिआरपीको टोलीले औषधी बरामद गरेको छ ।’

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले विशेष सूचनाको आधारमा तस्करीको औषधी भण्डान गरिएको ठाउँबाट बरामद गरेको जानकारी दिए । प्रहरीले बरामद गरेको औषधी र पक्राउ गरेको यादवलाई थप आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरलाई बुझाएको छ । विभागले ९ मंसिरमा मोरङ अदालतमा पाँच दिनको म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ