२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १तिहार अगावै संचालनमा आउने भनिएको १ सय शैय्याको कोभिड अस्पताल विस्तारमा ढिलाइ

तिहार अगावै संचालनमा आउने भनिएको १ सय शैय्याको कोभिड अस्पताल विस्तारमा ढिलाइ


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालको कोडिभ उपचार केन्द्रमा विस्तार गरिएको अक्सिनजसहितको १ सय शैय्याको सेवा विस्तारमा ढिलाइ भएको छ ।  तिहार अगाडी संचालनमा ल्याउने दाबी गरिएको कोशी कोभिड अस्पतालको सेवा विस्तारमा ढिलाइ भएको  पाइएको हो ।

प्रदेश १ सरकारको व्यवस्थापनमा लक्षणसहितको कोरोना संक्रमितहरुको उपचारका निम्ति विस्तार थालिएको कोभिड-१९ उपचार केन्द्रको काम अझै सकिएको छैन । निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने दावी गरिएको अस्पतालको काम सम्पन्न गर्न अझै करिब दुई साता लाग्ने भएको छ ।

विराटनगर १० नेशनल ट्रेडिङको भवनमा सञ्चालमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई विस्तार गर्न लागिएको हो । केही प्राविद्यिक समस्या र बिचमा आईपरेका चाडपर्वका कारण पुर्वाधार व्यवस्थापनका कार्यहरु बाँकी रहेकाले अस्पताल सञ्चालनमा ढिलाई हुने भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा विस्तार भइरहेको कोभिड अस्पतालको हालसम्म ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको बताइएको छ । रङ्गरोगन, ए.सी फिटिङ र बिजुलीबत्ती लगायतका पूर्वाधार जडान तथा ग्राउण्ड क्लियरेन्स लगायतका कार्यहरु बाँकी रहेको अस्पतालका ईन्जिनियर रन्जितराज बस्नेतले जानकारी दिए ।

आन्तरिक पूर्वाधार व्यवस्थापनका कार्यहरु बाँकी रहेकाले अस्पताल सञ्चालनमा ढिलाई भएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । पछिल्लो समय लक्षणसहितका बिरामीहरु बढदै गइरहेकाले प्रदेश सरकारले आइसीयु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पूर्वाधारहरुसहित थप १ सय शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

प्रदेश सरकारको २ करोड र नागरिक केयर सेन्टरको १ करोड ५० लाख रुपैयाँ लागतमा अस्पताल विस्तारको कार्य भइरहेको छ । पूर्वाधार निर्माण तथा व्यवस्थापनका कार्यहरु सम्पन्न भएलगत्तै आवश्यक स्वास्थ्य उपकरण खरिदको प्रक्रिया अघि बढाउन प्रदेश सरकारले नागरिक केयर सेन्टरलाई थप १ करोड रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

३५वटा एच.डी.यु र ६५ वटा जेनरल आईसियु बेडसहित विस्तार भइरहेको अस्पतालमा लक्षणसहितका गम्भीर प्रकृतिका बिरामीहरुको उपचार हुने प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले हाल सञ्चालन गरेको १ सय शैय्याको कोभिड–१९ उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र २० वटा अक्सिजन बेडमा संक्रमितहरुको उपचार भइरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ