२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यमन्त्रीको निर्वाचन क्षेत्रमा यसरी बन्दैछ दुई अस्पताल, भोलि शिलान्यास हुँदै

स्वास्थ्यमन्त्रीको निर्वाचन क्षेत्रमा यसरी बन्दैछ दुई अस्पताल, भोलि शिलान्यास हुँदै


विराटनगर – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभत्त ढकालको निर्वाचन क्षेत्रमा छुटा–छुटै दुई ठाउँमा अस्पताल बन्ने भएको छ । मोरङको निर्वाचन क्षेत्र ३ नंं. अन्तर्गत कानेपोखरी गाउँपालिका–४ स्थित बयरवन बजारमा र पथरीशनिश्चिरे नगरपालिका– २ मा १५-१५ शैय्याको छुटा–छुट्टै अस्पताल निर्माण हुने भएको हो ।

यो निर्वाचन क्षेत्रबाट तत्कालिन नेकपा एमालेबाट ढकाल निर्वाचित भएका थिए । दुई वर्षभित्रमा करिब १८ करोड लागतमा बन्ने अस्पतालमा भोलि सोमबार दुवै ठाउँमा एकै दिन एकै समयमा शिलान्यास हुने कार्यक्रम तय भएको छ ।

कानेपोखरी ४ मा बन्ने अस्पतालको शिलन्यास कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र पथरी शनिश्चरे २ मा बन्ने अस्पतालमा नगरप्रमुख दिलिप कुमार राईले गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पथरीशनिश्चरेको लागि ३ करोड ३२ लाख र कानेपोखरी गाउँपालिकाको लागि १ करोड रूपैयाँ बजेट बिनायोजन भएपछि निर्माणको प्रक्रिया अगाडी बढाउने तयारी गरिएको हो । बयरवन बजारमा रहेको स्वास्थ्य चौकीलाई थप स्तरोन्नति गर्दै १५ शैय्याको अस्पताल तयारी गरिएको छ ।

अस्पताल निर्माण भएपछि विशेषज्ञसहितको सेवा प्रदान हुने अपेक्षा गरिएको छ । अस्पतालका लागि निर्माण हुने भवनको शिलान्यास गर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय यसअघि नै गाउँकार्यपालिकाले गरिसकेको गाउँपालिका अध्यक्ष काफ्लेले जानकारी दिए । निमार्ण हुन लागेको अस्पतालको नक्सा समेत आइसकेकोले प्राविधिक टोलीसहित निर्माण हुने स्थानमा नापी गरीसकेको गाउँपालिकाले जनाएको छ ।

१५ शैय्याको अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असोज १९ गते कानेपोखरी गाउँपालिकामा पत्र आइसकेको प्रक्रिया अगाडी बढाएको गाउँपालालिकाको स्वास्थ्य शाखा संयोजक रोहिन्द्रकुमार राज भण्डारीले जानकारी दिए ।

‘अस्पताल निर्माणको लागि गत साउन २८ गते बसेको मन्त्रीस्तरको बैंठकले १ करोड रुपैयाँ विनियोजन भएको छ,’ उनले भने, ‘सोमबार शिलान्यास भएपछि निर्माणको प्रक्रिया अगाडी बढनेछ ।’ थप बजेट विनायोजन भएपछि आगमी दुई वर्ष भित्रमा अस्पताल निर्माण कार्य पूरा गरिने तयारी गाउँपालिकाको छ ।

कानेपोखरी अस्पताल भएपछि मेडिकल अफिसर १ जना स्थायी, ३ जना करारसहित ४ डाक्टर, २ स्टाफ नर्स, अनमी ४ जना रहने छन् ।

यसैगरी, ल्याब टेक्निसियन, असिस्टेन्ट, एक्स-रे अपरेटर र भ्याक्सिनेटर १–१ जना हुनेछन् । १५ शैय्याको प्राथमिक अस्पतालबाट आधारभूत स्वास्थ्य सेवातर्फ जनशक्ति, स्वास्थ्य उपकरण तथा पूर्वाधारले भ्याएसम्म तोकिएका सबै किसिमका आधारभूत स्वास्थ्य सेवा प्रदान हुनेछन् । जसमा बहिरंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४ सैं घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुनेछन् ।

कानेपोखरी गाउँपालिकाभित्र तीनवटा स्वास्थ्यचौकी छ । तीन स्वास्थ्यचौकीमध्ये गाउँपालिकाले बयरवन स्वास्थ्य चौकीलाई स्तरउन्नती गरेको हो । स्वास्थ्य चौकीको जग्गा, बजार क्षेत्र, जनधनत्व, सडक, सुरक्षा, सबैको पायक पर्ने भएकोले गाउँपालिकाले वयरवन स्वास्थ्यचौकीलाई स्तरोन्नती गरेको हो ।

गाउँपालिकाले दुई वर्षअघिदेखि बयरवन स्वास्थ्यचौकीमा विशेषज्ञ डाक्टरबाट महिनामा एकचोटी सेवा दिँदै आएको छ । बयरवन बजारमा २०३० सालमा स्थापना भएको वयरवन स्वास्थ्य चौकी ३७ वर्षपछि अस्पतालमा रुपान्तरण हुने भएको छ ।

पथरी नगरपालिका २ मा रहेको पथरी नगर अस्पताललाई स्तरउन्नती गरी २० शैय्याको विस्तार गर्ने तयारी गरिएको प्रमुख प्रशसाकीय अधिकृत अम्बिका प्रसाद धमलाले जानकारी दिए । ‘यसअघि पाँच शैय्याको अस्पताल संचालनमा आएको थियो,’ उनले भने, ‘संघीय सरकारले बजेट बिनायोजन गरेपछि थप १५ शैय्याको बिस्तार गरिने तयारी गरिएको हो ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ