२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा २२६ संक्रमित थपिए, १०२ डिस्चार्ज

प्रदेश १ मा २२६ संक्रमित थपिए, १०२ डिस्चार्ज


विराटनगर – प्रदेश १ मा थप २२६ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३–३, मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २–२, र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता, ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङवरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई र मांसेबुङमा १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, शहिदभूमीमा १, संखुवासभामा १, ते¥हथुमको म्याङलुङमा १, भोजपुरमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ ।

यसैगरी, प्रदेश १ मा आज १०२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय र न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २८५ पुगेको छ ।

सोमबार प्रदेश १ मा ५३ जनाको पीसीआर परीक्षण  भएको छ ।  जसमध्ये ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९१ ह्जार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ