२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज


विराटनगर – प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति र बा¥हदशीमा १–१, मोरङको विराटनगरमा ९, बेलबारीमा २, सुनबर्षी, पथरीशनिश्चरे, सुन्दरहरैचा र उर्लाबारीमा १–१, इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा ५, चुलाचुली र स्थाानीयतह नखुलेका १–१, सुनसरीको धरान र इटहरीमा ४–४, इनरुवामा ३, रामधुनीमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५०२ पुगेको छ ।

प्रदेश १ मा बुधबार ६२ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ३६, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट १४, महालक्ष्मी जितपुर आईसोलेसन धनकुटाबाट ८, विराट मेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने संख्या २३ हजार ४०५ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९८ हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ