२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘दृष्टिविहीन हुनबाट जोगाउन सचेतना आवश्यक’

‘दृष्टिविहीन हुनबाट जोगाउन सचेतना आवश्यक’


विराटनगर – दृष्टिविहीन हुनबाट जोगाउन सचेतना आवश्यक रहेको एक कार्यक्रममा सहभागिहरूले बताए । विराटनगर आँखा अस्पतालले बालबालिकाहरुको आँखामा हुने समस्या ‘आरओपी’को औपचारिक रूपमा सेवा सुरू गरेको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्ने वक्क्ताहरूले यस्तो कुरा बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले दृष्टिबीहिन हुनबाट जोगाउन विराटनगर आँखा अस्पताल सुरू भएको ‘आरओपी’ले ठूलो भूमिका खेल्ने बताए । प्रमुख पराजुलीले दृष्टिविहिन हुनबाट जोगाउन सचेतना मूलक कार्यत्रम संचालन गरिनुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रममा प्रध्यापक सन्जय कुमार सिंहले बच्चामा देखिने अन्धोपन हटाउन सचेतना मूलक कार्यक्रम संचालन गरिन जरुरी रहेको औल्याए । मोतीविन्दु पछि बाल दृष्टिविहिन बढी देखिन थालेकोले यसको नियन्त्रणमा सबै लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका अध्यक्ष पदम नारयण चौधरीले दातृ निकायको सहयोगमा अस्पतालमा आरओपीको उपचार सुरु गरेको जानकारी गराए । प्रदेश १ मा पहिलोपटक ‘आरओपी’को सेवा विराटनगर आँखा अस्पतालमा सुरु गरेको उनले बताए । कार्यक्रममा नेत्रज्योती संघ मोरङका अध्यक्ष बिजयहरी शर्माले दृष्टिवीहिन हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ