२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङका चिकित्सकलाई लाग्यो चुनाव, श्रेष्ठ र सिलवालको समूह चुनावी मैदानमा

मोरङका चिकित्सकलाई लाग्यो चुनाव, श्रेष्ठ र सिलवालको समूह चुनावी मैदानमा

अनिल श्रेष्ठ


विराटनगर  – नेपाल चिकित्सक संघ कोशी शाखा विराटनगरको नयाँ नेतृत्वको लागि निर्वाचनको मिति घोषणा भएसँगै चुनावी सरगमी बढेको छ ।  आगामी माघ ४ र ५ गते चिकित्सक संघ कोशीको निर्वाचनको मिति घोषणा भएपछि चुनावी सरगमी बढेको हो ।

चिकित्सक संघको २०७७ देखि २०८० सम्मको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुन लागेको हो । सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने सम्भावना न्यून देखिएको कारणले यसपटक निर्वाचनबाट नेपाल चिकित्सक संघ कोशी शाखाको निर्वाचन हुने बुझिएको छ ।

संघको नयाँ नेतृत्वको लागि संघको वर्तमान अध्यक्ष डा.फरवाड सिलवाल र निजी अस्पतालहरुको संस्था अफिनका केन्द्रिय उपाध्यक्ष डा. कैलाश श्रेष्ठको छुटा–छुट्टै दुई समूह चुनावी मैदानमा उत्रिने निश्चित देखिएको छ । श्रेष्ठले संघको अध्यक्षमा उठेको उम्मेदवारी घोषणा गरेपछि सामूहिक चुनावी प्रतिवद्धता पनि सार्वजनिक गरिसकेको छन् ।

श्रेष्ठ अहिले आफ्नो तर्फबाट उम्मेदवारी दिने पदाधिकारी सार्वजनिकको अन्तिम तयारीमा छन् । संघमा नयाँ नेतृत्वको लागि श्रेष्ठको समूहदेखि उपाध्यक्ष डा. बालकृष्ण साह, महासचिव डा. रविनराज सिंह, कोषाध्यक्ष डा. सुधिर श्रेष्ठको नाम अहिले चर्चामा रहेको छ ।

सोही समूहबाट डा. रोशन खड्काको नाम पनि चर्चा छ ।  नेपाल मेडिकल एसोसिएसन सोसाइटी महारान्जग काठमाण्डौंको उपाध्यक्षसमेत भइसकेका संघका अध्यक्षको उम्मेदवारी घोषणा गरेका श्रेष्ठले चिकित्सकहरुलाई एक ढिक्का बनाएर अगाडी बढाएर लैजाने बताए । उनले चिकित्सकहरु मान-मर्यादा, श्रमशोषण र पहुँच बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेकाले नयाँ समुह लिएर आएको उनको भनाइ छ । डा. श्रेष्ठले यसअघि ११  बुँदे सामूहिक प्रतिवद्धता पनि सार्वजनिक गरी अहिले भोट माग्न लागि परेका छन् ।

वर्तमान अध्यक्ष रहेका सिलवालको समूहमा वरिष्ठ उपाध्यक्ष डा. नवीन कर्ण, उपाध्यक्षमा डा. यज्ञ खरेल, महासचिव डा. राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा. शिलवन्त सेन श्रीवास्तवको नाम चर्चामा रहेको छ । अन्य सदस्यहरू नाम टुंगो लाग्न बाँकी रहेको सिलवालले बताए । उनले चाँडै चुनावी एजेन्डासहितको प्रतिवद्धता पनि सार्वजनिक गर्ने जनाए । ‘अहिले छलफल भइरहेको छ,’ उनले भने, ‘हामीले सामूहिक रूपमा बुँदागत रूपमा प्रतिवद्धता सार्वजनिक गर्ने तयारी गरेका छौँ।’

नेपाल चिकित्सक संघ कोशी शाखाको ८ सय ५० जना साधरण सदस्य रहेको कार्यालय सचिव अभिषेक भट्टराईले जानकारी दिए । संघको निर्वाचनको लागि प्रमुख निर्वाचन अधिकृतसहितको तीन सदस्य समिति पनि गठन भएको छ । जसमा प्रमुख निर्वाचन अधिकृतमा प्रा.डा. नवराज कोइराला र निर्वाचन अधिकृतद्वय डा. रामकुमार यादव र डा. रविन वास्तकोटी रहेका छन् ।

मतदान विराटनगर ७ शनिहाटचौकस्थित रहेको संघको कार्यालयमा हुनेछ । निर्वाचनतालिका अनुसार पुस २७ र २८ गते उम्मेदवारको मनोनियत दर्ताको समय रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ