२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १महामारीमा स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका

महामारीमा स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका


विराटनगर – महामारीको समयमा कोभिड-१९ को रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । विराटनगरमा स्वास्थ्य मन्त्रालय, नबिल बैङ्क, चौधरी फाउण्डेसन, एसियाली विपद पूर्व तयारी केन्द्र तथा एनडीआरसीको संयुक्त साझेदारीमा सोमबार स्वास्थ्य आपतकालीन (महामारी) पूर्व तयारी तथा प्रतिकार्यका लागि स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनीहरूले कोभिड-१९ को बेला स्वास्थ्यकर्मीहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । कोभिड-१९ बाट जोगिन स्वास्थ्य मापदण्डको पालना गरिएको खण्डमा यसबाट बच्न सकिने उनीहरुले बताए ।

कोभिड सम्बन्धि जनचेतनामा विशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिन विभिन्न संघसंस्थाको संयुक्त साझेदारीमा यो कार्यक्रम सुरु भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द्र (एचइओसी) का प्रमुख डा.समिर अधिकारीले जानकारी दिए ।

प्रदेश १ बाट यो कार्यक्रमको सुरुवात भएको उनले बताए । यसरी नै अन्य ६ वटा प्रदेशमा पनि यो कार्यक्रम संचालन हुने बताइएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकाल संचालन केन्द्र (एचइओसी) का प्रमुख डा.समिर अधिकारीले स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण गरी पूर्व तयारी हुनुपर्ने बताए । जनस्वास्थ्य क्षेत्रमा सिमित पूर्वाधार भएको मुलुकमा पूर्व तयारीका निम्ति जनस्वास्थ्य एवम मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गरिनु पर्ने बताए ।

त्यसैगरी, नबिल बैङ्कका व्यवसायीक सामाजिक उत्तरदायित्व (सिएसआर) प्रमुख कृष्ण प्रसाद सुवेदी, प्रदेश–१ प्रमुख सुवोध लोहनीले नबिल बैङ्क समाजप्रति सदैव उत्तरदायी रहेको बताए । एसियाली विपद् पूर्वतयारी केन्द्र नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ मानबहादुर थापाले कुनै किसिमको विपदको सामना गर्नुपूर्व सबैले विपदको पूर्वतयारीमा सबैको ध्यान केन्द्रित रहनुपर्ने बताए ।

चौधरी फाउण्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले विपदको बेला चौधरी फाउण्डेसनले गरेका कार्यहरुको स्मरण गर्दै आपतकालका बेलाव्यवस्थित रुपमाकार्य गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ