२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १इटहरी अस्पतालमा भिडियो एक्स-रे सेवा सुचारु

इटहरी अस्पतालमा भिडियो एक्स-रे सेवा सुचारु


विराटनगर – इटहरी अस्पतालमा भिडियो एक्स-रे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गरेका हुन् ।

इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्थाहरुको भन्दा सरल मुल्यमा भिडियो एक्स-रे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनिष शर्माले जानकारी दिए । संचालनमा आएको अस्पतालमा ६ सय रुपैयाँमा भिडियो एक्स-रे हुने जनाएको छ ।

इटहरी अस्पतालमा आएका विरामीलाई भिडियो एक्स-रेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेकोमा इटहरी ९ का वडासदस्य गणेश खत्रीले खुशी ब्यक्त गरे । आफूहरुले जनप्रतिनिधिका रुपमा कार्यकाल सुरु गरेदेखि इटहरी अस्पतालको स्तरोन्नतीमा उल्लेख्य कार्य गरेको वडा नम्वर ९ का वडाध्यक्ष एवम इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र वरालले दावी गरे ।

अस्पतालका इमरजेन्सी इन्र्चाज राम कुमार धमलाले इटहरी अस्पतालको सेवालाई सहज बनाउन भिडियो एक्स-रे खरिद गरि उपलब्ध गराएकोमा इटहरी उपमहानगर र अस्पताल समितिको नेतृत्वलाई धन्यवाद दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ