२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ अपडेट : संक्रमितको संख्या २९८५५, २८७३७ निको भए

प्रदेश १ अपडेट : संक्रमितको संख्या २९८५५, २८७३७ निको भए


विराटनगर – प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । सोमबार थप १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या२९ हजार ८ सय ५५ पुगेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, ते¥हथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए।उनकाअनुसार प्रदेश १ बाहिरका १ हजार १७जनामा कोरोना संक्रमण भएको छ ।

प्रदेश १ मा सोमबार ८१ जनाडिस्चार्ज भएसँगै २८ हजार ७ सय ३७जना संक्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६ सय ८४, सुनसरीमा ८ हजार ६ सय ५९, झापामा ४ हजार ३ सय ९२,उदयपुर ४ सय ८२, इलाममा ४ सय ४७, संखुवासभा ३ सय २८, धनकुटामा १ सय ८७, पाँचथरमा १ सय ४१, ताप्लेजुङमा १ सय १४ ते¥हथुममा १ सय १२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५जनासंक्रमणमुक्त भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाहिरका ९३७जना डिस्चार्ज भएका छन् । मन्त्रालयकाअनुसार हालहोमआईसोलेसनमा ६५८ रहेका छन् । प्रदेश १ माआजसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ