२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ४१० जना सक्रिय संक्रमित

प्रदेश १ मा ४१० जना सक्रिय संक्रमित


विराटनगर—प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४ सय १० जना रहेका छन् । सक्रिय संक्रमितमध्ये ३ सय ९१ जना होम आइसोलेसनमा छन् ।

जसमध्ये नोवेल मेडिकल कलेजमा ७ जना, विराट मेडिकल कलेजमा ४ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३ जना, कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा २ जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालय कोभिड—१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए ।

उनकाअनुसार अस्पतालमा उपचाररतमध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् । आजसम्म २९ हजार ९ सय २८ जना संक्रमितमध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ सय १४ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २ सय ६ जना, कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रबाट ४ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

बुधबार १५ जना संक्रमित थपिएका छन् । मोरङको विराटनगरमा ७ जना, बेलबारी, जहदा र सुन्दरहरैचामा १–१ जना, धनकुटाको धनकुटा नगरपालिकामा ३ जना र झापाको विर्तामोड र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ