२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायी मोरङको उपसमिति गठन, संयोजकमा लुइँटेल

औषधी व्यवसायी मोरङको उपसमिति गठन, संयोजकमा लुइँटेल


विराटनगर – नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले उपसमिति गठन गरेको छ । मोरङको तीनवटा स्थानियतहलाई समेटेर उपसमिति गठन गरेको हो ।

सुन्दरहरैचा, बेलबारी र केराबारी गाउँपालिकालाई समेटेर उपसमिति गठन गरेको नेपाल औषधी व्यवसायी संघ मोरङको उपाध्यक्ष तथा प्रवक्ता देशबन्दु ढकालले जानकारी दिए । सुन्दरहरैचा नगरपालिको सलकपुरमा भएको व्यवसायीहरुको भेलाले उपसमितिको संयोजकमा खडग लुइँटेल र उप–संयोजकमा राम प्रसाद गिरी रहेका छन् ।

उप-समितिको अन्य सदस्यहरुमा गोविन्द घिमिरे, हिमालय भण्डारी, टिका कट्टेल, देवेन्द्र पराजुली, लक्ष्मी अधिकारी छन् । सल्लाकाहरुमा माधव प्रसाद रेग्मी रहेका छन् । व्यवसायीहरूमा आइपर्ने समस्याको समाधान गर्ने र मर्यादित तथा व्यवस्थित रूपमा औषधी व्यवसाय संचालन गर्ने उद्देश्यले उपसमिति गठन गरेको संघको अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए ।

यसअघि उर्लाबारी, मधुमल्ला, इटहरा र मंगलबारेलाई समेटर उपसमिति गठन भइसकेको छ । चाँडै पथरीशनिश्चिरे, लेटाङ नगरपालिका र कानेपोखरी गाउँपालिकालाई समेटर उपसमिति गठन गर्ने तयारी गरिएको उपाध्यक्ष ढकालले बताए ।

नेपाल औषधी व्यवसायी संघको पूर्व केन्द्रीय सदस्य चन्द्रदत्त पौडेलको प्रमुख अतिथि तथा संघका मोरङ अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्दु ढकाल, महासचिव दिनेश ठाकुर, उप-कोषाध्यक्ष पुष्पराज पोखरेल, सदस्यहरू प्रकाश धिमाल, सरिता श्रेष्ठलगायतका व्यवसायीहरुको उपस्थितीमा उपसमिति गठन भएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ