२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सकको निर्वाचन : डा. श्रेष्ठको समूहले चुनाव जित्ने दावी, पूर्वअध्यक्षहरू नेतृत्व परिवर्तनको पक्षमा

चिकित्सकको निर्वाचन : डा. श्रेष्ठको समूहले चुनाव जित्ने दावी, पूर्वअध्यक्षहरू नेतृत्व परिवर्तनको पक्षमा


विराटनगर – नेपाल चिकित्सक संघ कोशी विराटनगरमा यतिखेर चुनावी माहोल तातेको छ । माघ ४ र ५ गते हुने निर्वाचनमा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि चुनावी माहोल तातेको हो  ।

डा.कैलाश श्रेष्ठ र डा.फरवर्ड सिलवालले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। डा.सिलवाल संघका वर्तमान अध्यक्ष हुन् भने डा.श्रेष्ठलाई सबैले मान्ने अग्रज चिकित्सकको रूपमा हेरिएको छ ।

सिलवाल संघमा रहदा एकलौटी चलेको, डाक्टरको हितमा काम नगरेको र पदमा दोहोरिन मात्र चाहेको भन्दै नेतृत्व परिर्वतन गर्नुपर्ने आवाज चिकित्सकहरूले उठाएका छन् । संघमा रहेका अधिकांश पूर्वअध्यक्षहरुले पनि नेतृत्व परिवर्तन गरि नयाँलाई अवसर दिनुपर्ने बताएका छन् ।

चिकित्सकहरुको हकहित र अधिकार स्थापित गरि महत्वपूर्ण भुमिका खेल्ने समूह अगाडि आउनुपर्ने संघका पूर्वअध्यक्ष डा.सिपी उपाध्ययले बताए । ‘नेतृत्व परिवर्तन गरि चिकित्सकहरूको हकहितमा लाग्नेहरूलाई प्राथामिकता दिएर भोट दिने तयारी गरेका छौं,’ उनले भने, ‘नेतृत्व अनुभवि र परिपक्व हुनुपर्छ, त्यो गुण श्रेष्ठमा छ ।’ संघको नेतृत्वमा रहँदा डा. सिलवालले कोरोना संक्रमणको बेला अग्रपंक्तिमा खटिएका चिकित्सकहरुलाई बेवास्था गरि आफूनिकटलाई सम्मान गरेको गुनासो पनि चिकित्सकले गरेका छन् ।

संघका पूर्वअध्यक्ष डा.नारयण कुमारले अग्रज र नयाँ आउने चिकित्सकलाई नेतृत्व गर्ने अवसर दिनुपर्ने पक्षमा आफू र धेरै डाक्टरहरु रहेको बताए । डा.सिलवाल लगातार नेतृत्वमा रहँदा प्रभाबकारी काम नगरेको र नयाँ नेतृत्व आउनुपर्ने पक्षमा धेरै चिकित्सक रहेकोले संघमा डा.श्रेष्ठको टिम बलियो रहेको आंकलन गरिएको छ । उनलाई पूर्वअध्यक्ष र पुराना चिकित्सकदेखि सक्रिय युवा चिकित्सकको साथ रहेकोले उनले निर्वाचन जित्ने आंकलन गरिएको छ ।

संघको नेतृत्वको लागि मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ । संघको निर्वाचनमा १ हजार २ सय ८१ जना चिकित्सक मतदाता छन् । सुनसरीको धरानबाहेक कोशीका सबै चिकित्सकहरुले मतदानमा सहभागीता जनाउनेछन् । धरानको बीपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक संघ रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ