२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सकको निर्वाचन : नयाँ नेतृत्वको लागि मतदान सुरू [फोटो फिचर]

चिकित्सकको निर्वाचन : नयाँ नेतृत्वको लागि मतदान सुरू [फोटो फिचर]


विराटनगर – नेपाल चिकित्सक संघ कोशी विराटनगरको नयाँ नेतृत्व चयन गर्न मतदान कार्यक्रम सुरू भएको छ ।विराटनगरस्थित संघको भवनमा आइतबार विहान साढे १० बजेदेखि मतदान सुरू भएको हो ।

भोलि सोमबार साझसम्म मतदान गर्ने समय रहेको निर्वाचन अधिकृत डा. रवि वास्तकोटीले जानकारी दिए । संघमा १ हजार २ सय ८१ जना चिकित्सक मतदाता छन् । सुनसरीको धरानबाहेक कोशीका सबै चिकित्सकहरुले मतदानमा सहभागीता जनाउने बुझिएको छ । धरानको बीपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक संघ रहेको छ ।

भोलि रातीसम्म नतिजा सार्वजानिक हुने निर्वाचन कार्यालयले तयारी गरेको छ ।  संघको निर्वाचनमा डा.कैलाश श्रेष्ठ र डा. फरवर्ड सिलवालको समूह चुनावी मैदानमा उत्रिएको छ । डा. सिलवाल संघका वर्तमान अध्यक्ष हुन् भने डा.श्रेष्ठलाई सबैले मान्ने अग्रज चिकित्सकको रूपमा हेरिएको छ ।


संघको नेतृत्वको लागि गत मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता गराएका थिए ।  डा.श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.सन्जिव ठाकुर, उपाध्यक्षमा डा.बालकृष्ण साह, महासचिबमा डा. रबिनराज सिंह, सह–सचिबमा डा.धिरज सिंह, कोषाध्यक्षमा डा.सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा.सरबेसकुमार झा छन् ।

यस्तै, सोही समूहदेखि सदस्यहरुमा डा.रोशन खड्का, डा.पल्बी झा, डा.अविशेष चौधरी, डा.दिपक न्यौपाने, डा.निशा अधिकारी र डा.राजेश्वर यादव छन् ।

यता, सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.नविन कर्ण, उपाध्यक्षमा डा.यज्ञराज खरेल, महासचिबमा डा.राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा.सिलवन्त सेन श्रीवास्तव, सहसचिबमा डा.सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा.जुबिन सिलवाल उम्मेदवार छन् । सदस्यहरुमा डा.अन्जु देव, डा.अमरकुमार यादव, डा.पार्थ गुरागाईं, डा.अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपाल मैदानमा छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ