२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १शल्यक्रिया गराएकी ३२ वर्षीया राईको मृत्यु, मृतकका आफन्तले गरे क्लिनिक तोडफोड

शल्यक्रिया गराएकी ३२ वर्षीया राईको मृत्यु, मृतकका आफन्तले गरे क्लिनिक तोडफोड


विराटनगर –  विराटनगर – ७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि तोडफोड भएको छ ।  पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेको तीन दिनमा मोरङको बेलबारी नगरपालिका – ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आइतबार मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै क्लिनिक तोडफोड गरेका हुन् । मृतकका आफन्तहरूले उपचारमा चिकित्सकलाई कारवाही गरिनुपर्ने माग राख्दै अहिले क्लिनिक अगाडी प्रर्दशन गर्दै आएका छन् ।

राईको पेटभित्र पित्तथैलीमा १५ एमएमको पत्थरी भएको गत २८ मंसिरमा भिडियो एक्स-रे गर्दा पुष्टि भएपछि चिकित्सकको सल्लाह अनुसार २८ पुसमा अवधनारायण क्लिनिकमा डा. निषेश सिटौलाको टिमले बिरामीका शल्यक्रिया गरेका थिए ।

अप्रेशनपछि स्वास्थ्य अवस्या बिग्रदै जाँदा राख्ने आईसीयू लगायतको सुविधा नभएको भन्दै सुनसरीको धरानस्थित वीपी कोइराला विज्ञान प्रष्ठिानमा रेफर गरिएकी राईको माघ २ गते निधन भएको थियो । त्यसपछि पीडितका आफन्तले शुक्रबार र शनिबार अस्पताल प्रशासनसँग बारम्बार मृत्यु हुनुको कारण माग गरेका थिए ।

क्लिनिक र चिकित्सकले मृतकका आफन्तलाई चित्तबुझ्दो जवाफ दिन नसकेपछि कारवाहीको माग राख्दै प्रर्दशनमा उत्रिएको मृतकका आफन्त छवि राईले बताए । बेलबारीबाट आएका पीडितका आफन्तको  अस्पताल प्रशासन र अप्रेशनमा संलग्न चिकित्सक समेतको उपस्थितिमा वार्ता गर्ने योजनाविपरित ताला लगाएर सञ्चालक भागेपछि आफन्तहरु तोडफोडमा उत्रिए । तोडफोडबाट क्लिनिक  झ्यालका सीमा तथा अन्य केहि सामाग्रीमा क्षति पुगेको बुझिएको छ ।

अस्पतालको सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको छ । पीडितका पक्षमा बेलबारीबाट सयौंको संख्यामा आफन्त तथा छर-छिमेकी विराटनगर आएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ