२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सकको निर्वाचन : पहिलो दिनमा ४ सय ७ भोट खस्यो

चिकित्सकको निर्वाचन : पहिलो दिनमा ४ सय ७ भोट खस्यो


विराटनगर – नेपाल चिकित्सक संघ कोशी विराटनगरको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भइरहेको छ । विराटनगरस्थित संघको भवनमा गएको आइतबार विहान साढे १० बजेदेखि सुरू भएको मतदान कार्यक्रमको      साझसम्ममा ४ सय ७ जना चिकित्सकले मतदान गरेको निर्वाचन कार्यालये जनाएको छ ।

मतदान कार्यक्रम सोमबार साँझ सकिने निर्वाचन अधिकृत डा. रवि वास्तकोटीले जानकारी दिए । संघमा १ हजार २ सय ८१ जना चिकित्सक सदस्य छन् । सुनसरीको धरानबाहेक कोशीका सबै चिकित्सकहरुले मतदानमा सहभागीता जनाउने बुझिएको छ । धरानको बीपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक संघ रहेको छ ।

सोमबार रातीसम्म नतिजा सार्वजानिक हुने निर्वाचन कार्यालयले तयारी गरेको छ । संघको निर्वाचनमा डा. कैलाश श्रेष्ठ र डा. फरवर्ड सिलवालको समूह चुनावी मैदानमा उत्रिएको छ । यस्तै, डा. सिलवाल संघका वर्तमान अध्यक्ष हुन् भने डा. श्रेष्ठलाई सबैले मान्ने अग्रज चिकित्सकको रूपमा हेरिएको छ ।

संघको नेतृत्वको लागि गत मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता गराएका थिए ।

डा.श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.सन्जिव ठाकुर, उपाध्यक्षमा डा.बालकृष्ण साह, महासचिबमा डा. रविनराज सिंह, सह–सचिवमा डा. धिरज सिंह, कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा. सरबेसकुमार झा छन् । यस्तै, सोही समूहदेखि सदस्यहरुमा डा. रोशन खड्का, डा. पल्बी झा, डा. अविशेष चौधरी, डा. दिपक न्यौपाने, डा. निशा अधिकारी र डा. राजेश्वर यादव छन् ।

यता, सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. नविन कर्ण, उपाध्यक्षमा डा. यज्ञराज खरेल, महासचिवमा डा. राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा. सिलवन्त सेन श्रीवास्तव, सहसचिबमा डा.सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा.जुबिन सिलवाल उम्मेदवार छन् । सदस्यहरुमा डा.अन्जु देव, डा.अमरकुमार यादव, डा. पार्थ गुरागाईं, डा. अमरेन्द्रकुमार महतो, डा. प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपाल मैदानमा छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ