२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना विरुद्धको खोप धेरै सुरक्षित : चिकित्सक

कोरोना विरुद्धको खोप धेरै सुरक्षित : चिकित्सक


विराटनगर – पहिलोपटक कोराना विरूद्धको बुधबार खोप लगाएका कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा. दीपक सिग्देलले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा खोप लगाएपछि उनले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने  बताएका हुन् ।

खोपका केही साइड इफेक्ट पनि हुन सक्ने समाचारहरु सार्वजनिक भइरहेका बेला चिकित्सकहरुले खोप सुरक्षित भएको बताउँदै आएका छन् ।

‘कोरानो विरूद्धको भ्याक्सीनको विषयमा सबैले जानकारी छ,’ उनले भने, ‘विकसित मुलकुहरूमा यसको परीक्षण भएर आएको हुनाले कोरोना विरुद्धको खोप सुरक्षित छ । यसमा डराउनु पर्दैन । निर्धक्क भएर लगाउन आग्रह गर्दछु ।’

खोप दुई डोज लगाउनुपर्ने सुझाव दिँदै उनले भने, ‘कोरानो विरुद्धको खोप पहिलो पटकको डोज लगाएपछि दोस्रो पटक २८ दिन भित्रमा लगाउनुपर्ने हुन्छ।’ भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिडक खोप नेपालमा लगाइएको हो ।

यस्तै, विराटनगरस्थित कोशी अस्पतलाका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पनि कोरोनाविरुद्धको खोप लगाए । उनले कोभिड विरुद्धको खोप ७० प्रतिशत प्रभावकारी रहेको बताए । पहिलो खोप लगाएको २८ दिनपछि दोश्रो खोप लगाए ७ महिनासम्म सुरक्षित रहन सकिने उनको भनाई छ ।

कोरानो विरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन ५ सय ८२ जना चिकित्सकहरुले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित २५ वटा केन्द्रबाट ३५ हजार ५७६ लाई खोप लगाइने तयारी गरेको समाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ