२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा १३ हजारले कोभिड-१९ विरुद्धको खोप लगाए

प्रदेश १ मा १३ हजारले कोभिड-१९ विरुद्धको खोप लगाए


विराटनगर – प्रदेश १ मा १३ हजार बढीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । खोप सुरु भएको ५ दिनको अवधिमा १३ हजार २ सय ८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार गएको सोमबारसम्म सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ सय २४, इलाममा १ हजार १ सय ४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५ सय ६३, धनकुटामा ५ सय ३९, पाँचथरमा ४ सय ८९, ते¥हथुममा ४ सय ४२, खोटाङमा ३ सय ४६, उदयपुरमा ३ सय ३४, सोलुखुम्वुमा २ सय २६, संखुवासभामा २ सय ८१ र ताप्लेजुङमा २ सय १८ जनाले खोप लगाएका छन् ।

प्रदेश १ मा माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा खोप केन्द्र मार्फत खोप लगाउने गरिएको बताउनुभयो ।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी कर्मचारीलाई लगाईने कार्यक्रम छ । प्रदेश १ मा पहिलो चरणमा १४ जिल्लाको २५ वटा केन्द्रबाट ३५ हजार ५ सय ७६ लाई खोप लगाइने तयारी गरेको समाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ