२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १धरौटीमा रिहा भएपछि अवैध धन्दामा : प्रतिबन्धित औषधी बेच्ने भाइ पक्राउ, दाजु फरार

धरौटीमा रिहा भएपछि अवैध धन्दामा : प्रतिबन्धित औषधी बेच्ने भाइ पक्राउ, दाजु फरार


विराटनगर – औषधी व्यवस्था विभागमा दर्ता नभएका प्रतिबन्धित औषधी विक्री-वितरण गरेको आरोपमा विराटनगरका एक जना फार्मेसीका संचालक पक्राउ परेका छन् । प्रतिबन्धित औषधी विक्री-वितरण गर्नुको साथै भण्डार गरिएको अवस्थामा विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडी ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’का संचालक विक्रम मण्डल पक्राउ परेका हुन् ।

मोरङ प्रहरीले मण्डलको फार्मेसीमा छापा मारेर ७९ प्रकारका प्रतिबन्धित औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकर्दशन थापाले जानकारी दिए । बिक्रमले दाजु विकास मण्डलसँग मिलेर भारतदेखि अवैध रुपमा प्रतिबन्धित औषधी डेरामा भण्डारन गरी विक्री-वितरण गर्ने गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । भाइ पक्राउ परेपछि दाजु मण्डल फरार छन् । प्रहरीले उनको पनि खोजी कार्य तिव्र बनाएको छ ।

यसअघि पनि म्याद सकिएको औषधी विक्री-वितरण गरेको आरोपमा विकास पक्राउ परेका थिए । पक्राउ परेका विकासलाई मोरङ अदालतले गत असार २२ गते तीन लाख रुपैयाँ धरौटी तोकेको थियो । अदालतले तोकेको धरौटी रकम बुझाएपछि विकास रिहा भएका थिए ।
धरौटीमा रिहा भएपछि पुनः विकास अवैध धन्दामा लागेको पाइएको छ ।

‘कोठा भाडामा लिएर औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विक्री-वितरण हुने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको  हो,’ डिएसपी थापाले भने, ‘मण्डलको कोठादेखि विभिन्न ब्राण्डका प्रतिबन्धित औषधीहरू बरामद भएको छ ।’

प्रहरीले बरामद गरेको औषधी अन्दाजी १० लाख ३ हजार १ सय ८० बराबरको रहेको छ । प्रहरीले औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीकोे कलर प्रिन्टर समेत बरामद गरेको छ । पक्राउ परेका मण्डललाई थप आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने तयारी गरेको मोरङ प्रहरीले जनाएको छ ।

यस्ता छन् प्रहरीले बरामद गरेको औषधीहरु :-

(1) Inj amidon 65 Pices
(2) Inj paracetamol 24 pics
(3) Inj desrim 9 pics
(4) Inj pazokem 14 pics
5) Inj inhem 14 pics
6) Inj cefcrit 14 pics
7) Inj doxific 118 pics
8) Inj permithin lotion 10 pics
9) Inj falcigo 120 pics
10) Inj atropine 70 box
11) Inj lintec 21 pic
12) New parent 220 pic
13) pan 13 pic (price –
14) luligard 20 pic
15) spectacef 30 pic
16) odicef 50 pic
17) Tigbax 1Pic
18) Norad 30 pic
19) Citikol 90 pic
14) Cefcrit Sb 20 pic
15. Pipzo 10 pic
16. Pncilin 1 box
17. Tramadol 10 pic
18. Becomin 32 pic
19. Multivital 30 pic
20. Ticiplin 30 pic
21. Mypred 40 pic
22. Sucol 6 box 60 pic
23. TT 1 box
24. P- 40
25. Asthalin 80 pic
26. Tramadol 1 box
27. Tafco 5 pic
28. Encifer 25 pic
29. Captin 25 pic
30. Neovac 55 pic
31. Edstar 25 pic
32. Metolar 96 pic
33. Dexlab 25 pic
34. Pyarasitamol 108 strip
35. luliken 25 pic
36. speticeken 7 pic
37. plaster 2 pic
38. Tbact 26 pic
39 labitol 57 pic
40. Xandex 119 pic
41. convifor 30 pic
42. lornit 42 pic
43. distil water 100 pic
44.Mpisol 101 pic
45. parasitamol (water) 194 pic
46. Falcigo 25 pic
47. colymonas 47 pic
48. tecoplin 37 pic
49. dnfur strem 90 pic
50. pam 20 pic
51. Gemsolim 13 strem
52. Nexa 14 pic
53. Glored 46 strem
54. Nored 100 pic
55. Nolar 100
56. nular 25pic
57. Doxific 100 pic
58. Lovokem 1 pic
59. Becaprolin 5 Pic
60. Pencilin 20 pic
61. Deryphylin 1 Box
62. Tramadex 2 Box
63. mero 4 pic
64 Tigebax 5 pic
65 pam 10 pic
66 Dixn 11 pic
67 mucomix 40 pic
68. humanalbumin 2 pic
69. methargin 20 pic
70. Citikoln 20 pic
71. Cutenox 18 pic
72. mysist 25 pic
73. Nordad 25 pic
74. Pregakit 14 pic
75. Beauty skin 8 pic
76. Octrid 15 pic
77. Vestripresin 50 pic
78. Dotamin 25 pic
79. Polyxinb 1 pic


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ