२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पथरीमा औषधी व्यवसायीको उपसमिति गठन, अध्यक्षमा दुलाल

पथरीमा औषधी व्यवसायीको उपसमिति गठन, अध्यक्षमा दुलाल


विराटनगर—नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले पथरीशनिश्चरेमा उपसमिति गठन गरेको छ । व्यवसायीहरूमा आइपर्ने समस्याको समाधान गर्ने र मर्यादित तथा व्यवस्थित रूपमा औषधी व्यवसाय संचालन गर्ने उद्देश्यले मोरङका तीन वटा स्थानीय तहलाई समेटेर पथरीशनिश्चरेमा उपसमिति गठन गरेको हो ।

पथरीशनिश्चरे, लेटाङ नगरपालिका र कानेपोखरी गाउँपालिकाका औषधी व्यवसायीहरूको भेलाले उपसमितिको संयोजकमा महेन्द्र दुलाललाई चयन गरेको छ । सह–संयोजकमा ईश्वर सापकोटा छन् । उपसमितिको अन्य सदस्यहरूमा सुनिल चौधरी, टामबाव यादव, कुवेर भण्डारी, पन्चनन राई, टिंका सुब्बालगायत रहेका छन् । सल्लाकारहरूमा नेत्र निरौला, सीताराम लुइटेल र यादव दुलाल रहेका छन् ।

यसअघि उर्लाबारी, सुन्दरहरैचनामा उपसमिति गठन भइसकेको छ । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वमा गएको पदाधिकारीहरूले पूर्वी क्षेत्रको तीन वटा स्थानीय तहको विभिन्न ठाउँमा रहेका व्यवसायीहरूलाई समेटेर उपसमिति गठन गरेको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष तिम्सिनाले औषधी व्यवसायमा देखिएको विकृती विसंगतिहरूको अत्य गरेर मर्यादित व्यवसाय संचालन गरिनुपर्नेमा जोड दिए ।
संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले विराटनगरबाहेक नेपाल औषधी व्यवसायी संघ मोरङको पाँच वटा उपसमिति गठन हुने जानकारी दिए । उनका अनुहाल हालसम्म तीन स्थानमा उपसमिति गठन भइसकेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ