२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चैत्र २० गतेदेखि मोरङमा हात्तीपाइलेको औषधी खुवाइने

चैत्र २० गतेदेखि मोरङमा हात्तीपाइलेको औषधी खुवाइने


विराटनगर – मोरङमा ९ औं चरणको हात्तीपाइले विरूद्धको औषधी आउँदो चैत २० गतेदेखि खुवाइने भएको छ । विराटनगर महानगरपालिकासहित १७ वटा स्थानिय तह रहेको मोरङमा ९ लाख २४ हजार ५ सय ६२ जनालाई हात्तीपाइले  विरूद्धको औषधी खुवाइने लक्ष्य रहेको छ ।

स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा  बुधबार विहान पत्रकार सम्मेलन गरि मोरङमा हात्तीपाइलेको औषधी खुवाइने अभियान अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । जनगणना अनुसार मोरङमा १० लाख ८७ हजार ७ सय ७२ जनसंख्या मध्ये १३ प्रतिशत हात्तीपाइलेको रोगी रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश कुमार मेहताले जानकारी दिए ।

मोरङको सुनवर्षी र रंगेली नगरपालिका भित्रको गाउँमा १ सय २० जना हात्तीपाइले रोगीका विरामी रहेका स्वास्थ्य कार्यलय मोरङले जनाएको छ । ‘त्यही भएर मोरङमा ९ औं पटक हात्तीपाइले विरूद्धको औषधी खुवाइने अभियान सुरू भएको हो,’ स्वास्थ्य प्रमुख डा. मेहताले भने, ‘यस अघि मोरङमा आठौं पटक हात्तीपाइले विरूद्धको औषधी खुवाइ सकेको छ ।’

गत वर्ष मोरङमा ६६ प्रतिशतले हात्तीपाइले विरूद्धको औषधी सेवन गरेको स्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ । स्वास्थ्य कार्यालयका अनुसार गाउँमा भन्दा पनि शहरी क्षेत्रका मानिसले हात्तीपाइले विरूद्धको औषधी कम सेवन गर्ने गरेको पाइएको छ । ‘आम औषधी सेवन बारे गलत धारणाको कारणले शहरी क्षेत्रका मानिसले लक्ष्य भन्दा कम संख्यामा औषधी सेवन गरेको पाइएको छ,’ डा. मेहताले भने, ‘यसपटक खुवाइने औषधी प्रभावकारी बनाएर अगाडी बढने लक्ष्य रहेको छ ।’

मोरङको एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा एकैपटक हात्तीपाइले विरुद्धको अभियान सुरू कार्यालयले जनाएको छ । ‘जिल्लाभरीमा २० चैतदेखि हात्तिपाइले विरूद्धको औषधी खुवाइने अभियानको शुभराम्भ हुनेछ,’ स्वास्थ्य कार्यालय प्रमुख मेहताले भने, ‘औषधी खुवाउने केन्द्र स्थानिय तहले तोक्नेछ ।’ यसपटक ५ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालान हुने बताइएको छ । कार्यालयले चैत मसान्तसम्मा लक्ष्य अनुसार औषधी खुवाइसक्ने योजना बनाएको छ । यसपटकको कार्यक्रम लक्ष्य लिएको हरेक व्यक्तिले औषधी नखाएसम्म अभियान निरन्तर संचालन हुने स्वास्थ्य प्रमुख मेहताले जानकारी दिए ।

देशभरीमा ६३ वटा जिल्लाका २ करोड ५० लाख मानिस हात्तीपाइले रोगको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश १ को झापा, मोरङ र धनकुटामा हात्तीपाइले विरूद्धको औषधी खुवाउने अभियान सुरू गरिनेछ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ