२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सीसीएमसीको बैठक : कोरोना अस्पताल तयारी राख्न निर्देशन

सीसीएमसीको बैठक : कोरोना अस्पताल तयारी राख्न निर्देशन


विराटनगर—दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढेपछि विराटनगरस्थित कोशी कोभिड—१९ अस्पताललाई तयारी अवस्थामा राख्ने तयारी सुरु भएको छ । मोरङका सबै स्थानीय तहलाई क्वारेन्टाइन र आइसोलेसन केन्द्र व्यवस्थापन गर्न पनि जिल्ला कोरोना संक्रमण व्यस्थापन समिति (सीसीएमसी) मोरङले आग्रह गरेको छ ।

सीसीएमसीले संक्रमण सम्भावना बढेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह पनि गरेको छ । क्वारेन्टाइन, आइसोलेसन र अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको समितिले सम्बद्ध पक्षलाई जानकारी गराउने भएको हो ।

प्रदेश सरकारले स्थापना गरेको अस्पताल संक्रमण घटेपछि रित्तो भएको थियो । स्वास्थ्यकर्मीहरुलाई पनि बिदा दिइएको थियो । बिहीबार सम्पन्न सीसीएमसीको बैठकले संक्रमितको संख्या अझ बढ्न सक्ने सम्भावना औंल्याउँदै भीडभाड नगर्न सर्वसाधारणलाई अपिल गर्ने निर्णय पनि गरेको छ ।

नजिकै आएको होली पर्व भीडभाड नगरी घरैमा मात्र मनाउन पनि सीसीएमसीले आग्रह गरेको छ । त्यसैगरी कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सर्वसाधारणलाई अपिल पनि गरेको छ ।

भौतिक दुरी कायम गर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने, मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कारवाही गर्ने निर्णय पनि समितिले गरेको छ । समितिले रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा पनि अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड अपनाउन, अन्य व्यवसाय सञ्चालन गर्दा पनि त्यसको पालना गर्न–गराउन निर्देशन पनि दिएको छ । मोरङमा बिहीबारसम्ममा कोरोनाका सक्रिय संक्रमितको संख्या २० जना रहेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले पनि बिहीबार सार्वजनिक सूचना जारी गरेर भिडभाड गरेर होली नमनाउन सूचित गरेको छ । कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै जिल्ला प्रशासनले भीड नगर्न, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ