२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिएण्डसीले एक सय विपन्न परिवारकाे स्वास्थ्य विमा गरिदिने

बिएण्डसीले एक सय विपन्न परिवारकाे स्वास्थ्य विमा गरिदिने


काठमाडौँ – बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले एक सय विपन्न परिवारको नि:शुल्क स्वास्थ्य विमा गरिदिने भएको छ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सोमबार आयोजित एक कार्यक्रमबीच राज्यका पहुँच बाहिर रहेका विपन्न तथा पछाडिएका नागरिकलाई प्राथमिकतामा राखेर अस्पतालले नि:शुल्क स्वास्थ्य विमा गरिदने जानकारी दिए।

स्वस्थ्य विमा कार्यक्रम अन्तरगत बिएण्डसी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा लिन सम्पन्नवर्ग बढी आउने र विपन्नवर्ग कम आउने बताए। जसकारण विपन्न वर्गमा सरकारले लागु गरेको स्वास्थ्य विमाको पहुँच पुग्न नसकेको उनको भनाई छ।

निर्देशक प्रसाईले भने, ‘सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सन्थाल, मेचे, मुसहर, उरावलगायत पछाडि परेको र विपन्न परिवारका लागि तीन हजार ५ सय रुपैयाँ खर्च गरेर अस्पतालले बीमा गर्दैछ।’

यस्तै, अस्पतालले करिब २ करोड ५० लाख रुपैयाँको लागतमा बिर्तामोड २ को मोहनमाया माविको भवन निर्माण सम्पन्न गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ