२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए


विराटनगर—प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

हालसम्म संक्रमितको संख्या ३० हजार ४ सय ९६ पुगेको छ । संक्रमित भएकामध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज २९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये १२ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३३ हजार ७६८ जनाको पीसीआर परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ