२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा कोरोना संक्रमितको उपचार निःशुल्क

नोबेलमा कोरोना संक्रमितको उपचार निःशुल्क


विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुँने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहिबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्रप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने छ ।

स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएकाले अब जुनसुकै कोरोना संक्रमित नेपालीले नोबेलमा निःशुल्क उपचार पाउँने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएको छ,’ डा.शर्माले भने,‘अब जुनसकै नेपाली नागरिक कोरोना संक्रमित भएर आएमा नोबेलमा निःशुल्क उपचार पाउँनेछन् ।’

नोबेलले कोरोना संक्रमितको उपचारका लागि १ सय बेडको कोभिड वार्ड र ३९ बेडको कोभिड आइसियू छुट्याएको छ । आवश्यकता अनुसार वेड बढाइने नोबेल अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)