२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु


विराटनगर-प्रदेश १ मा मंगलबार विहान ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङमा पाँच र सुनसरीको धरानमा एक जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा चार जनाको र एक जनाको बेलबारीमा होम आइसोलेसनमा मृत्यु भएको हो । यस्तै, विपी प्रतिष्ठान धरानमा पनि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना महिला र चार जना पुरुष रहेका छन् ।

मोरङको बेलबारीका एक, विराटनगरका एक, सुनसरीको धरानका एक, इलामका एक र सप्तरीका दुई जनाको मृत्यु भएको हो ।

बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक रहेका उनको बिहान ४ बजेतिर मृत्यु भएको नगरपालिकाले जनाएको छ । नोबेलमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा राखिएको थियो । श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर बन्दै गएको उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो ।

इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत १३ वैशाखमा अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ४ः१५ बजेतिर मृत्यु भएको हो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दमको समस्या रहेकी उनको मंगलबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि १७ वैशाखमा नोबेल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै, सप्तरीको सप्तकोशी १ का ५० वर्षीय पुरुषको मंलबार विहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । १३ वैशाखमा कोरोना संक्रमण देखिएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ