२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ

मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ


विराटनगर-मोरङको लेटाङ नगरपालिका– २ फडानीको एकै टोलमा २० जना कोरोना संक्रमित भेटिएका छन् । एउटै टोलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि लेटाङ नगरपालिकाले संक्रमित भेटिएको गाउँ शील गरि कन्ट्याक ट्रेसिङ सुरू गरेको छ ।

फडानी गाउँमा संक्रमित भएपछि टोललाई सिल गरी उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहिचान गरी कन्ट्याक ट्रेसिङ सुरू गरिएको लेटाङ नगरपालिकाको नगर प्रमुख शंकर राईले जानकारी दिए ।

‘एउटै गाउँमा धेरै संक्रमित भेटिएपछि अहिले टोल सिल गरेर स्वास्थ्यकर्मी परिचालन गरी कन्ट्याक टे«सिङमार्फत स्वाब संकलन गर्न थालिएको छ, नगरप्रमुख राईले भने, ‘संक्रमण देखिएपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको स्बाव संकलन गरी पिसिआर परीक्षणको लागि पठाउने काम भइरहेको छ ।’

फडानीमा एकै परिवारका चार जनासम्म कोरोना संक्रमित बनेका छन् । थप धेरैमा पनि कोरानासँग मिल्दोजुल्दो लक्षण देखिएकोले बुधबार थप १२ जनालाई पिसिआर परीक्षणका लागि पठाइने भएको छ ।

फडानीमा ११ र १८ बैशाखमा दुई वटा विवाहको कार्यक्रम भएकाले विवाह समारोहमा आएका संक्रमितबाट गाउँमा संक्रमण फैलिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ