२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना नियन्त्रणमा विराटनगर महानगर सुस्त, होम आइसोलेनमा बस्नेको निगरानी गर्ने संयन्त्र छैन

कोरोना नियन्त्रणमा विराटनगर महानगर सुस्त, होम आइसोलेनमा बस्नेको निगरानी गर्ने संयन्त्र छैन


विराटनगर-विराटनगरमा कोभिड १९ दोस्रो लहरको हट स्पट बन्दै गएको छ । अहिले दैनिकजसो विराटनगरमा सय जना भन्दा बढी संक्रमित भेटिन थालेका छन् ।

बुधबारसम्ममा विराटनगरमा संक्रमितको संख्या १ हजार ९ सय ४० पुगेको विराटनगर महानगरपालिकाको कोभिड संयोजक हैदर अलीले जानकारी दिए । जसमध्ये ३ सय ६ जना विराटनगरका कोभिड अस्पतालहरूमा उपचारत छन् । विराटनगरमा बुधबार १ सय ८७ जना संक्रमित भेटिएका छन् । मंगलबार १ सय ६९ संक्रमित थपिए । सोमबार सबैभन्दा बढी भेटियो । सोमबार २ सय २६ जना संक्रमित भेटिएको छ । यो अहिलेसम्मको धेरै हो ।

विराटनगर भित्र भयावह रुपमा संक्रमण फैलिँदै गएपनि नियन्त्रण तथा रोकथामका लागि महानगरपालिकाको काम सुस्त देखिएको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरूको निगरानी गर्ने कुनै संयन्त्र नै महानगरपाकिलामा छैन । महानगरपालिको स्वास्थ्य शाखामा होम आइसोलनमा रहेका संक्रमितको अभिलेख पनि राखेको छैन । अहिलेसम्म होम आइसोलेसनमा रहेका कति संक्रमित छन् त्यो महानगरपालिकालाई पत्तो छैन ।

पहिलो चरणमा एक जनामा संक्रमण देखिनुअघि नै महानगरपाकिाले नियन्त्रण तथा संक्रमण फैलन नदिन ‘होल्डिङ सेन्टर’देखि होम आइसोलेसनमा रहेका व्यक्तिहरूको निगरानीको व्यवस्था गरेको थियो । त्यस्तै, भारतका विभिन्न राज्यबाट फर्केका नेपालीहरूलाई महानगरपालिकामा होम आइसोलेसनमा राख्ने र त्यहाँ बसेका व्यक्तिहरूको निगरानी गर्ने तथा उनीहरूको अभिलेख राख्ने जिम्मेवारी वडाका प्रतिनिधिहरूलाई दिइएको थियो ।

तर, दोस्रो लहरको संक्रमण फैलिदा विराटनगर महानगरपालिका सुस्त देखियो । क्वारेन्टाइन, आइसोलेसनको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने, संक्रमण फैलिन नदिन कन्ट्रयाक्ट ट्रेसिङमा जुट्नुपर्ने स्थानीय तहहरू महामारीका बेला सुस्त देखिएका हुन् । महामारी रोकथामका लागि सीमा क्षेत्रमा अहिले होल्डिङ सेन्टर नबन्दा भारतदेखि आएकाहरू सिधै घर जाने गरेका छन् । होल्डिङ सेन्टर बनाउने जिम्मेवारी पाएको प्रदेश १ सरकार सक्रिय नभएका कारण भारत तथा नेपालका अन्य जिल्लाबाट आउनेहरू सोझै घरपरिवार र समुदायको सम्पर्कमा जाँदा समुदायस्तरमा संक्रमण फैलिएको छ ।

कुनै पनि ट्राभल हिस्ट्री नभएका संक्रमितको मृत्यु हुन थालेको छ । बिहीबारसम्मा विराटनगरमा मात्र २० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । परीक्षण अत्यन्तै कम भएपनि परीक्षण गरिएकामध्ये ५० प्रतिशत हाराहारीमा संक्रमण पुष्टि हुन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

महामारी नियन्त्रणका लागि अग्रसरता नलिँदा विराटनगरमा संक्रमणको अवस्था भयावह हुन थालेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । ‘अघिल्लो वर्ष जिल्लामा कोही पनि संक्रमित नहुँदै, क्वारेन्टाइनमा राख्ने राहत बाँड्ने काम गरेका स्थानीय तहहरू यसपटक मान्छेहरू धमाधम मरिरहेको देख्दादेख्दै पनि कानमा तेल हालेर बसेका छन्,’ पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले भने, ‘अहिले घरघरमा कोरोना संक्रमितहरू उपचारको आशामा बसिरहेका बेला आफ्नो जिम्मेवारीबाट पन्छिएर जनप्रतिनिधिहरूले गैरजिम्मेवार चरित्र देखाएका छन ।’ उनले पालिकाहरूले अरू काम रोकेर भएपनि जनताको ज्यान जोगाउने कुरामा सक्रियता देखाउनुपर्ने बेला आएको बताए ।

विराटनगर महानगरपालिको कोभिड संयोजक हैदर अलीले महानगरपालिकाले सीमानाकामा कोरोना पोजिटिभ पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेसन सेन्टरसम्म पु¥याउन एम्बुलेन्स र महानगरपालिका भित्र स्वाव संकलन गर्न थालिएको बताए ।

‘महानगरपालिको कोभिड हेर्ने जिम्मवारी भर्खर पाएको छु । केही दिनभित्र महानगरपालिका भित्र रहेका सबै संक्रमितको अभिलेखीकरण हुनेछ,’ कोभिड संयोजक अलीले भने, ‘त्यसका लागि केही दिन समय लाग्छ ।’

उनले होल्डिङ सेन्टर बनाउने जिम्मा प्रदेश सरकारको भएको बताए । ‘होम आइसोलनेमा बसेका संक्रमितहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा परामर्श लिनको लागि हामीले विराटनगरका चिकित्सकको नाम र नम्बर पनि उपलब्ध गराएका छौं । कसैलाई स्वास्थ्य परामर्श लिन पर्दा सिधै डाक्टरसँग सम्र्पक गरेर परामर्श गर्ने वातावरण बनाएका छौं ।’ यो वर्ष स्थानीय तहले कोरोना नियन्त्रणका लागि पर्याप्त बजेट नहुँदा प्रभावकारी काम नभएको महानगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ